लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट

काठमाडाै  । लगानीकर्ताहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। लगानीकर्ताहरुले पुँजीबजारको हालको स्थिती अबगत गराउदै विभिन्न मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाइएको छन् ।

उनीहरुले प्रधानमन्त्रीलाई अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न माग गरेका छन् ।

jutta mela

ज्ञापनपत्रमा लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने , बाह्र करोडसम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध , शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ,लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने जस्ता मागहरु समाबवेश गरेका छन् ।

त्यसै गरि विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध समेत उल्येख गरेका छन् ।

You might also like

Comments are closed.