काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटर्वाता भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटर्वातामा महानगरमा देखिएका पछिल्लो सुकुम्बासी समस्या समाधान विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी, समसामयिक विषयमा पनि छलफल भएको र मेयर बालेनले सुकुम्बासी बस्ती हटाउनका लागि सहयोग मागेको समेत सचिवालयले जनाएको छ ।
महानगर मेयर बालेन शाहले काठमाडौं महानगरमा अतिक्रमित संरचना भत्काई काठमाडौं सहरलाई सफा र सुन्दर बनाउने कार्यमा लागेका छन् , तर उनको यो अभ्यास त्यति सफल बन्न सकेको छैन् ।उनको यो अभ्यासमा स्थानीय समेत पछिल्लो समयमा आक्रोसित बन्दै आएका छन् ।
पछिल्लो समय महानगरको निर्णयबाट सुकुम्बासीहरु झनै आक्रोसित बन्दै गएका छन् । उनीहरुले विभिन्न माग राख्दै पर्दशन समेत गरिरहेका छन् । त्यसैले सुकुम्बासी सस्या समाधानका लागि प्रमुख साहले राजनीतिक दलका नेतासँग र सरकारसँग सहयोगको लागि आग्रह गदै आएका छन् । यसअघि उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग पनि समस्या समाधानको लागि सरकारको साथ मागेका थिए।
Comments are closed.