काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरियाबीच भेटवार्ता भएको छ ।
दुई दिने नेपाल भ्रमणमा आएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । आज भएको भेटमा उनीहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौंमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्ने छन् । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ छन् ।
नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
Comments are closed.