गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या दुई हप्ताभित्र समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक-दुई हप्ताभित्र समाधान हुने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै  भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताएका हुन् ।

झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ ।  प्रधानमन्त्री प्रचण्डले भने  ‘त्यो क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक-हप्ता या दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ । यो कुरामा म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ ।

jutta mela

धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको रंगशालाको काम २०७८ सालको साउनदेखि रोकिएको हो ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ ।

 

You might also like

Comments are closed.