मन्त्रिपरिषद् विस्तार भएपछि सरकारका कामले गति लिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तार भएपछि सरकारका कामले गति लिने बताएका छन् ।कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद् विस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु ।’

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

jutta mela

You might also like

Comments are closed.