काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन् ।
कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभाको अवसरमा उनी सम्मानित भएका हुन् ।
दाहालले दूध र दुग्ध क्षेत्रमा पुर्याएको विशेष योगदान स्वरुप सम्मान गरिएको संस्थाले जनाएको छ ।
सम्मानले आफूलाई दूध र दुग्ध जन्य क्षेत्रमा थप सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको दाहालले बताए ।
बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले दाहाललाई सम्मान गरेका हुन् । संस्थाका अध्यक्ष रविशरण थापको अध्यक्षतामा कार्यक्रम भएको हो ।
Comments are closed.