नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहाललाई सम्मान

काठमाडौं । नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष सम्मानित भएका छन् । ग्लोरी मिडिया प्रा.लि. मार्फत एनटिभी प्लस र नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम सचेतनाको १५औं वार्षिकोत्सव तथा किड्स ट्यालेन्टको प्रथम संस्करणको अवसरमा उनी सम्मानित भएका हुन् ।

दूध तथा दुग्ध क्षेत्रको प्रवर्द्धन एवं मोही अभियान चलाई स्वदेशी उत्पादन उपभोगमा योगदान पुर्याएबापत दाहाललाई सम्मान गरिएको आयोजकको भनाइ छ ।

उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको बोर्ड सदस्यसमेत रहेका उनी विभिन्न संघसंस्थामा आबद्ध छन् ।

प्रालिका सञ्चालक सरोज ओझाको अध्यक्षतामा तथा साल्ट ट्रेनिङ लिमिटेडका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.