‘प्रकाश गोल्ड ब्राण्डमा गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेका छौं’

अटुट मुस्याख्व, अध्यक्ष, प्रकाश ग्रुप ट्रेडिङ प्रालि

अटुट मुस्याख्व बिगत १० वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय छन् । २५ वर्षीय युवा अटुट सानै उमेरदेखि व्यावसायिक नेतृत्व गर्दै अगाडि बढिरहेका छन् । पुर्ख्यौली इटा व्यवसायलाई हेर्दाहेर्दै उनी ६ वर्षदेखि बिद्युतीय सामग्रीको व्यवसायमा सक्रिय बने । नेपाली बजारमा प्रकाश गोल्ड ब्राण्डका बिद्युतीय सामानहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको प्रकाश ग्रुप ट्रेडिङ प्रालिमा उनी अध्यक्षको जिम्मेवारीमा छन् । उनै अटुटसँग प्रकाश गोल्ड ब्राण्डमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

प्रकाश गोल्ड ब्राण्डका कुन कुन प्रडक्टहरु नेपाली बजारमा बिक्री वितरण गरिरहनुभएको छ ?

विद्युतीय क्षेत्रमा अत्यावश्यक सामानहरु हामीले बजारमा उपलब्ध गराएका छौं । एलइडी बल्ब, एलइडी प्यानल ल्याइट, उडन प्यानल लाइट, एलइडी ट्युव लाइट, नर्मल ह्वाइट स्विच, गोल्डेन सेरजि स्विच, इलेक्ट्रिक सव मिटिर लगायतका प्रडक्ट हामीसँग छन् ।

jutta mela

प्रकाश गोल्डका विद्युतीय सामग्री कति वर्षदेखि नेपाली बजारमा उपलब्ध छन् ?

बिगत ६ वर्षदेखि हामीले प्रकाश गोल्ड ब्राण्डका विद्युतीय सामग्रीलाई देशभरको बजारमा उपलब्ध गराइरहेका छौं । देशभरको बजारमा प्रकाश गोल्डका सामान पुगेका छन् । देशभर १०४ वटा डिलर नेटवर्कमार्फत प्रकाश गोल्ड ब्राण्ड बिक्री वितरण भइरहेको छ ।

प्रकाश गोल्ड ब्राण्डमा गुणस्तरलाई कत्तिको जोड दिनुभएको छ ?

यो चिनीया प्रशिद्ध प्रडक्ट हो । हामीले नेपालमा नै एसम्बलिङ गरेर बजारमा उपलब्ध गराएका छौं । हाम्रो पहिलो प्राथमिकता भनेकै गुणस्तरीय सामान बजारमा उपलब्ध गराउनु हो । स्विचमा हामीले १५ वर्षको वारेन्टी र बल्ब र प्यान स्विचमा एक वर्षको वारेन्टी सुविधा उपलब्ध गराएका छौं । हाम्रो प्रडक्टमा रिप्लेसमेन्टको समस्या १ प्रतिशत पनि छैन । यसको अर्थ हाम्रो प्रडक्ट गुणस्तरीय छ । हामीले प्रकाश गोल्डलाई गुणस्तरीयता कायम गरेर नै राम्रो ब्राण्ड हो भन्न प्रमाणित गर्न सफल छौं ।

तपाईंहरुको लक्षित ग्राहकहरु कोको हुनुहुन्छ ?

जहाँ बिजुलीसँग सम्बन्धित काम हुन्छ उहाँहरु सबै हाम्रो लक्षित ग्राहकमा पर्नुहुन्छ । हरेक घर, होटल, रेष्टुरेन्ट, रिसोर्ट, व्यावसायिक भवन, कम्प्लेक्स तथा हरेक भवनहरुमा बिजुली जडान गर्नैपर्ने हुन्छ । उहाँहरु सबै हाम्रो लक्षित ग्राहकमा पर्नुहुन्छ । हामीले ग्राहकको चाहना र आवश्यकता अनुसारको प्रडक्टहरु बजारमा उपलब्ध गराउन सफल भएका छौं ।

गुणस्तरीय बिद्युतीय सामानहरुको प्रयोगमा हुने लाभहरु के-के हुन सक्छन् ?

नेपालको बिजुलीमा भोल्टेज अप डाउन हुने समस्या बिद्यमान छ । जसले गर्दा स्विच तथा बल्बहरु जल्ने समस्या हुनसक्छ । त्यसैले यसबाट जोगिन पनि क्वालिटी प्रडक्ट आवश्यक पर्छ । बिजुलीको किफायतीका लागि पनि राम्रो प्रडक्टको योगदान रहन्छ । लामो समयसम्म टिकाउ पनि गुणस्तरीय प्रडक्ट नै हुन्छन् ।

बजारमा धेरै ब्राण्डहरु छन् । किन प्रकाश गोल्डलाई नै रोज्ने ?

गुणस्तरीय प्रडक्ट भएकाले प्रकाश गोल्ड बजारमा लोकप्रिय बनेको हो । लामो समयसम्म टिकाउ नै यसको विशेषता हो । प्रकाश गोल्ड एलइडीले बिजुलीको किफायतीमा योगदान गर्छ । अरु एलइडीले भन्दा राम्रो, उज्यालो प्रकाश दिन्छ । आगो प्रतिरोधक, एन्टी सक, युनिक डिजाइन तथा स्ट्रोङ स्विच हामीसँग छ । यस कारण प्रकाश गोेल्ड प्रयोग गरेर घरलाई उज्यालो बनाउन हामी सबैलाई सुझाव दिन्छौं । हामीले बिक्री गर्ने एलइडी प्रडक्टले इनर्जी बचाउन पनि मद्दत गर्छ । यो प्रडक्ट वातावरणमैत्री पनि छ । लगायतका धेरै विशेषताहरुका कारण प्रकाश गोल्ड ब्राण्डका बिद्युतीय सामग्री ग्राहकको हितमा छन् ।

You might also like

Comments are closed.