फाइनान्स सुविधा सहज नभएसम्म अटोमोबाइल क्षेत्रमा सुधार हुँदैनः कपुरी

प्रकाश कपुरी, कार्यसमिति सदस्य, नाडा

अहिले समग्र अटोमोबाइल क्षेत्रको कुरा गर्ने हो भने अवस्था एकदमै नाजुक छ । बैंकिङ सुधार नभएसम्म अटोमोबाइल क्षेत्रमा केही पनि सुधार हुनेवाला छैन् । बैंकहरुले फाइनान्स दिनुपर्यो । ग्राहकले पनि त फाइनान्सको सुविधा पाउनुपर्यो । अनि मात्रै अटोमोबाइल क्षेत्र सुधार हुन्छ ।

टू ह्वीलर्समा पनि अवस्था त्यस्तै छ । टु ह्वीलर्सको अहिले ६० प्रतिशत बजार घटेको छ । जम्मा ४० प्रतिशतले बैंकको व्याजदेखि लिएर अफिसको खर्च, घरभाडालगायत सबै कुराहरु धान्न मुस्किल छ । समग्रमा भन्दा घाटाकै व्यापार छ । अटोमोबाइल व्यवसायमा अहिले सबैभन्दा बढी निराशा भएको अवस्था छ । अहिले यो क्षेत्रमा सबै गर्न खोजेको पनि र केही गर्न नसकेको जस्तो पनि देखिएको छ । व्याजकै कुरा गर्ने हो भने हामीले ऋण लिँदा सिंगल डिजिटमा लिएका थियौं । बैंकहरुले व्याज डबल डिजिटमा लिइरहेको छ । त्यो डबल डिजिटमा पनि दोब्बरमा हो । व्यापार पनि नभइरहेको र बैंकहरुले पनि दोहोरो व्याज असुल गरिरहेको अवस्थामा खर्च घट्नु त कहाँ झन बढेर गइरहेको छ ।

व्यापार व्यवसाय प्रायः बैंकिङ कारोबारबाटै चल्ने हो । तर, अहिले त्यही सुविधा व्यवसायीलाई छैन । बैंकिङ सहजीकरण र बैंकको अनावश्यक व्याज असुलीका कारण समग्र व्यवसायीदेखि लिएर उपभोक्तासम्मलाई मार परेको छ । यसलाई सरकारले गम्भीर रुपमा हेर्नुुपर्ने बेला आएको छ ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.