काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को उपमहासचिवमा प्रकाश चन्द्र खड्का सर्वसम्मत भएका छन् ।
नेपालगञ्जमा फागुन २२ र २३ गते भएको राष्ट्रिय महाधिवेशनबाट उनी उपमहासचिवमा सर्वसम्मत भएका हुन् ।
नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति हुँदै उनले यस अगाडि बागमती प्रदेशको उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
पाणिनी स्कुलका सञ्चालक उनी बिगत १७ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील छन् ।
संस्थागत निजी विद्यालयहरुले भोग्नुपरेका समस्या समाधान तथा निजी विद्यालयहरुको हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments are closed.