समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ : अर्थमन्त्री डा. महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ पछि पदभार ग्रहणगर्दै मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ ।’
सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए ।

jutta mela

राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताए ।साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए ।

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रूपमा नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् । याे समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरू सदस्य रहने भएका छन् ।

सरकारी कोषको अध्ययन गरी यो समितिले सरकारलाई चाल्नु पर्ने कदमबारे सुझाव दिने भएको छ ।

 

You might also like

Comments are closed.