पालिखेले गराए ५० जना कर्मचारीको कोरोना बिमा

पोखरा । युवा उद्यमी प्रकाशदेव पालिखेले सम्पूर्ण कर्मचारीको कोरोना बिमा गराएका छन् । आफू सञ्चालक रहेका व्यावसायिक फर्महरुमा कार्यरत ५० जना कर्मचारीको उनले बिमा गराएका हुन् ।

नेपालमा कोरोना जोखिम बढेकाले कर्मचारीहरुको बिमा गराएको उनले बताए । शिखर इन्स्योरेन्सको पोखरा शाखामार्फत उनले बिमा गराएका हुन् । पालिखेले प्रन्सु इन्टरप्राइजेज, पालिखे ट्रेडर्स प्रालि, न्यु रारा स्टोर्स र पल्स मार्केटिङमा कार्यरत कर्मचारीको कोरोना बिमा गराएको शिखर इन्स्योरेन्सका पोखरा शाखा प्रमुख शिव सुवेदीले जानकारी दिए ।

कोरोना बिमा गराएकाहरुको पिसिर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा तत्काल १ लाख रुपैयाँ भुक्तानी पाउँछन् ।

You might also like

Comments are closed.