कोभिड–१९ : संकट व्यवस्थापन योजना र प्रमुख आधारहरु

प्रकाश रेग्मी,
प्रिन्सिपल, नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज, पोखरा

संकट व्यवस्थापन कसरी गर्न सकिन्छ ? संकट विशेषगरि कुनै महामारी, प्राकृतिक प्रकोप, आतङ्ककारी हमला, अभाव आदिमा हुने गर्छ । यसका लागि पूर्व तयारी हुनु अति आवश्यक हुन्छ । आवश्यक पूर्व तयारीको अभाव हुनु भनेको संकट व्यवस्थापनको कमजारी हुनु हो जसले भोलिका दिनमा विपत् नल्याउला भन्न सकिन्न ।

हामी धेरैसंग २०१५ सालको विनासकारी भूकम्पको अनुभव छ । त्यस संकट अवस्थामा सरकार र सरोकारवालाहरुले गरेका कार्यहरु प्रशंसनीय थिए । तर, के त्यो संकट व्यवस्थापनका लागि पर्याप्त थियो त ? त्यो बेलाको संकट व्यवस्थापनमा भएका कमी कमजारीको अनुभवले अहिले विश्व तहस नहस बनाएको कोभिड–१९ को संक्रमणसँगको लडाईंमा केकस्ता पूर्व तयारीहरु भएका छन् ? पहिले भएका कमजारीहरु औलाएर त्यसलाई सच्याउन सफल भयौं कि भएनौं ? अहिलेको व्यवस्थापन पहिलेको भन्दा प्रभावकारी छ कि छैन ? के हामीले संकट व्यवस्थापन योजना बनाएको छौं कि छौनौं ? संकट व्यवस्थापन गर्न सजिलो छैन, यसका लागि कुशल नेतृत्वदाही योजना, प्रकृया र कार्यान्वयन गर्न सक्ने विचार र जनशक्तिको आवश्यक पर्दछ । संकट व्यवस्थापन योजनाका प्रमुख आधारहरु यस प्रकार छन् ।

jutta mela
  • प्राथमिकताहरु
  •  नीति तथा नियमावली
  • प्रकृयाहरु
  • श्रोत केन्द्र
प्राथमिकताहरु

संकट व्यवस्थापन योजनाको पहिलो विन्दु भनेकै प्राथमिकता पहिल्याउनु हो । प्राथमिकता पहिल्याउन सक्नु भनेको योजना तथा कार्याक्रमहरुलाई मार्ग निर्देशन गर्नु हो । प्राथमिकताहरुको पहिचान पछि बल्ल योजना निर्माण कार्य सुरु गर्न सम्भव हुन्छ । प्राथमिकताहरुको पहिचान गर्नुमा भुल वा गलत भएमा कार्य योजना निर्माणमा त्रुटि हुन्छ जसले गर्दा संकट व्यवस्थापन असफल हुन जान्छ । विशेषता संकट व्यवस्थापन योजनामा पर्ने प्राथमिकताहरु यस प्रकार हुन्छन् ।

मनिस (कर्मचारीहरु र पाहुनाहरु)
पुँजी
पुनःप्राप्ती

धेरै जसो महामारीहरुमा जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिुनुपर्छ र त्यसपछि बल्ल दोस्रोमा आर्थिक वा पुँजी । विकासोन्मुख देशहरुमा जनताको स्वास्थ्य र सुरक्षालाई कम प्राथमिकता दिइएको पाइन्छ जसले गर्दा महामारीले उग्र रुप लिन्छ । अहिलेको यस कोभिड–१९ संक्रमणमा जोखिम न्यूनीकरण पार्न कोभिड संक्रमित मानिसहरुको Tracking, Tracing  र Testing अत्यन्त द्रुत गतिमा गर्नुपर्ने हुन्छ । राष्ट्रको पुँजी र संयन्त्र यसको जोखिम न्यूनीकरणमा लगाउनुपर्छ । संक्रमित वा संक्रमणको जोखिममा रहेका आफ्ना देशका हुन वा विदेशी सबैलाई डब्लुएचओको मापदण्ड अनुसार क्वारन्टाइन वा आइसोलेसनमा पूर्ण सतर्कता सहित राख्नुपर्छ । यति सबै गरिसकेपछि राष्ट्रले अति प्रभावित व्यवसायहरुलाई पहिचान गरि त्यसको उत्थान कसरी गर्न सकिन्छ भनेर सरोकारवालाहरुसंग अन्तरकृया गरि विशेष कार्यविधि बनाउनुपर्छ । जसले गर्दा प्रभावित व्यवसायहरुको पुनःप्राप्ती सम्भव हुन्छ, अन्यथा व्यवसाय बन्द भई ठुलो संख्यामा बेरोजगारी बढी देशको अर्थतन्त्रमा ह्रास आउँछ ।

नीति तथा निर्देशिका

संकट व्यवस्थापनका लागि बनाउने नीति तथा निर्देशिका सधैं प्राथमिकतामा आधारित हुनुपर्छ । उदाहरणका लागि कोभिड–१९ को संक्रमण सबै क्षेत्रमा एकनास हुँदैन । कुनै स्थानमा संक्रमण एकदम धेरै हुन्छ भने कुनै स्थानमा कम । तर, राष्ट्रले बनाउने नीति तथा निर्देशिका सबै क्षेत्रका लागि एउटै हुनुपर्छ र त्यस नीति तथा निर्देशिकाले सबै वर्ग र क्षेत्रलाई समेटेको हुनुपर्छ । नीति बनाउँदा धेरै विचार र विमर्श गनुपर्ने हुन्छ । विभिन्न दृष्टिकोणबाट हेरिनुपर्छ । यसको प्रभाव विश्लेषण गरिनुपर्छ । त्यसको कार्यान्वयनका चुनौतिहरु पहिले नै पहिचान गरिनुपर्छ । नीति तथा निर्देशिका निर्माण गर्दा सम्र्पूण सरोकारवाला र कार्यान्वयनकर्ताहरुसंग छलफल गरिनुपर्छ, जसले गर्दा पछि कार्यान्वयनमा कुनै समस्या आउदैन र नीति तथा निर्देशिका सफल हुन्छ । हतार र बिना परामर्शबाट निर्माण भएका नीति तथा निर्देशिका प्रायःअसफल भएको पाइन्छ ।

प्रकृयाहरु
प्रकृयाहरु विशेषत नीति तथा निर्देशिका कार्यान्वयनमा सहजीकरणका लागि बनाइएको हुन्छ । प्रकृयाहरु सरल र सबैले बुझ्न सक्ने खालको हुनुपर्छ । संकट व्यवस्थापनको योजना निर्माण गर्दा विभिन्न सरोकारवालाहरु, संघ संस्थाहरु, नीति तथा निर्देशिकाहरु आदिसंगका सम्वन्ध र कार्यहरु प्रष्ट खुलेको हुनुपर्छ र तिनीहरुका प्रत्येक सम्वन्ध र कार्यहरुका आ-आफ्ना प्रकृयाहरु हुन्छन् । यी प्रकृयाहरु कम झन्झटिला र कानुन संवत हुनुपर्छ ।

उदाहरणका लागि कुनै महामारी जस्तै कोभिड–१९ मा सरोकारवालाहरुसंग यस किसिमका प्रकृयाहरु जरुरी देखिन्छ ।

  • बिक्रेताहरु – सम्वन्ध स्थापना, अग्रिम प्रतिवद्धता, अग्रिम ऋण तथा सर्तका कुराकानी ।
  • निकासी – विभिन्न देशमा वा क्षेत्रमा फसेका जनताहरु अथवा विभिन्न ठाउँमा बिरामी भई उपचार खोजिरहेका जनताहरुलाई उद्दार गर्न प्रयोग हुने एम्वुलेन्स, हेलिकप्टर, हवाइजवाज आदि प्रदायक कम्पनीहरु संगको सेवा, सुविधा र शुल्क सम्बन्धि वार्तालाप । 
  • हस्पिटल/होटल/विद्यालय – क्वारेन्टाइनमा राख्न वा आइसोलेसन लागि आवश्यक पर्ने हस्पिटल÷होटल÷विद्यालय अथवा अन्य उपरोक्त स्थान, संघ संस्था संग सहकार्य तथा वार्तालाप ।
  •  मिडिया – मिडियाहरुका लागि समान नियम, मिडिया संक्षेपसार गर्न र सहकार्य गर्न मात्र एक विन्दु गराइनुपर्छ आदि ।

सबै महामारीका लागि एकै किसिमका प्रकृयाहरु उपयुक्त हुँदैनन्, महामारीको प्रकृति अनुसार भर पर्छ ।

श्रोत केन्द्र
श्रोत र साधनको जानकारी र विवरण त्यस निकायको सरकारले राख्न सक्नुपर्छ । जटिलता र समस्या आएपछि मात्र दक्ष जनशक्तिको खोजी कार्य गर्नु सरकारको कमजोरी मानिन्छ । आफ्नो स्थानीय क्षेत्रमा के कति विधामा के कति संख्याका विज्ञहरु छन् त्यसको तथ्याङ्ख स्थानिय तह, प्रदेश र केन्द«मा हुनुपर्छ । जसले गर्दा योजना निर्माणमा ठुलो सहयोग पुग्छ । जस्तै, यस कोभिड–१९ मा भइरल स्पेसलिष्ट, श्वास प्रश्वास विज्ञ÷कन्सलटेन्ट, मनोवैज्ञानिक स्पेसलिष्ट आदिको पूर्व सल्लाह र सहकार्य भएमा ठुलो जोखिमबाट बच्न सकिन्छ । यस्तै महामारीको बेलामा श्रोत साधनको सही उपयोग गर्नको लागि निम्न पूर्व तयारी योजनाहरु गर्न सकिन्छ ।

  •  संकट व्यवस्थापन समितिको गठन स्थानीय तहमा, प्रादेशिक तहमा र केन्द«मा जसमा नेतृत्व टोलीको नाम, प्रत्येकको भुमिका र जिम्मेवारीहरु, सम्पर्क विवरण सहित ।
  • श्रोत र साधनको सम्पर्क विवरण – सार्वजनिक सम्पर्क, यातायात (हवाइ, एम्वुलेन्स, आकस्मिक सेवा आदि) सम्पर्क, जन स्वास्थ्य विज्ञ सम्पर्क, प्रहरी, अस्पताल र अन्य अति आवश्यक संघ संस्थाको सम्पर्क विवरण आदि ।

माथि उल्लेखित संकट व्यवस्थापन योजना र यसका आधारहरु विशेषत धेरै संकट व्यवस्थापनमा मिल्दो जुल्दो हुन्छ । तर, थप प्रभावकारी संकट व्यवस्थापन योजना निर्माणमा संकटको प्रकृति पहिचान गर्नु प्रमुख काम हुन्छ । साथै नेतृत्व, साझा प्राथमिकताहरु, अग्रिम योजना, सम्वन्धित दृष्टिकोण, विज्ञको सल्लाह र सुझाव, हालको जारी समिक्षा र संकट निर्मुलन सम्वन्धि तालिमहरु सम्मिलित गर्न सकेमा सफल संकट व्यवस्थापन योजना निर्माण गर्न सकिन्छ ।

You might also like

Comments are closed.