‘वास्तविक किसान कर्जा पाउनबाट बन्चित छन्’

पह्लाद दाहाल, महासचिव, नेपाल डेरी एसोसिएसन

काठमाडौं । नेपाल डेरी एसोसिएसन नीति निर्माणको काम गर्ने संस्था हो । प्रत्यक्ष रुपमा किसानहरुसंग हामी काम नगरे पनि हामीले सरकारसंग अर्थात् कृषि तथा पशुुपालना विकास मन्त्रालय संघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु विभागलगायत विभिन्न संघ–संस्थासंग सहकार्य गरेर किसानलाई कसरी राहत दिन सकिन्छ ? उद्योगीहरुको लागि के कसरी काम गर्न सकिन्छ ? भन्ने कुराहरु गर्दै आएका छौं । पछिल्लो समय कोभिडले गर्दा विभिन्न समस्याहरु आएको छ । त्यो समस्या कृषि क्षेत्रमा पनि परेको छ ।

यस्तो समस्याको बेला हामीले किसानहरुलाई कसरी राहत दिने, उद्योगीलाई के गर्न सकिन्छ भन्ने कुरालाई ख्याल गरेर हामीले कार्यक्रमहरु अगाडि बढायौं । कोभिडको कारणले धेरै किसानहरु विस्थापित भएका छन् । पशुुपालन छाडेर किसानहरु अन्य पेशामा लाग्न थालेका छन् । यसले गर्दा पनि हामीहरुलाई दूधको अभाव हुन थालेको छ ।

यसले उद्योगहरु नचल्ने र विभिन्न समस्याहरु पनि हुने गर्छ । त्यो कुुरालाई मध्यनजरमा राखेर राष्ट्रिय दुुग्ध विकास वोर्ड, पशुुसेवा विभाग तथा मन्त्रालयमा हामीले कार्यक्रम राखेर किसानहरु पलायन हुन थाल्नुुभयो । यसलाई कसरी पुनर्जागरण गर्ने भन्ने कुुराहरुमा विशेष ध्यान गइरहेको छ ।कर्जाको कुरा गर्दा सरल कर्जा वाास्तविक किसानले पाएका छैनन् । वास्तविक किसानले भन्दा व्यवसायीहरुले पाइरहेका छन् । त्यसैले वास्तविक किसानलाई यसको दायरामा कसरी ल्याउन सकिन्छ भन्ने कुरामा हामीहरु लागि परेका छौ ।

jutta mela

त्यस्तै प्राइभट डेरीमा दूध बेच्ने किसानले पनि अनुदान पाउनु पर्छ । अहिले सहकारीमार्फत बेच्ने किसानहरुले अनुदान पाउने गरेका छन् तर जुन किसानले प्राइभेट डेरीमा दूध बेच्ने गरेका छन् उनीहरुले भने केही नपाएको अवस्था छ । किसानले सहकारीमार्फत बेचोस् या प्राइभेट डेरीमा जता बेचे पनि दुध बेचेको हो नी त, त्यसैले किसानले पाउनुपर्ने अनु्दान पाउनु पर्छ भन्दै स्थानीय तह, मन्त्रालय, प्रदेश र विभिन्न संघसंस्थासँग हामीले कुुरा उठाइरहेका छौं ।

अर्को कुरा हामी उद्योगीहरुले पनि आफ्नो क्षमता बराबरको दूध बेच्न सकिरहेको अवस्थामा छैन । अण्डर क्यापासिटीमा चलिरहेका छन् । उद्योगहरु फेरि थपिरहेको अवस्था पनि छ । यसको पनि हामीले मापदण्ड बनाएर अगाडि बढ्ने पो हो कि भन्ने कुराहरु पनि उठिरहेको छ ।
नेपालको कुुरा गर्दा अहिले दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । यसमा ३१ लाख लिटर दूध सिधै आउँछ र बिक्री वितरण हुुन्छ भने ३१ लाख लिटर स्वयम किसानले आफ्नो तरिकाले खपत गर्ने गरेका छन् । दूधमा हामी ८० प्रतिशत आत्मनिर्भर छौं ।

विश्व खाद्य संगठन रेकर्ड हेर्दा १९२ लिटर प्रतिवर्ष प्रतिव्यक्ति दूध सेवन गर्नुपर्छ भन्ने छ । हाम्रो नेपालमा ७६ देखि ७८ लिटर दूध अहिले सेवन भएको पाइन्छ । यसमा के चुनौती छ, भने प्रत्येक वर्ष जनसंख्या पनि बढिरहेको छ । पशुपालन भने घट्दै छ । त्यसैले पनि यो चुनौतिपूर्ण छ । उत्पादन कसरी घटेको छ भने उदाहरणको लागि एउटा मान्छेले गाउँमा बस्दा पहिले आफै उत्पादन गरेर आफू पनि खान्थ्यो र अरुलाई पनि बेच्थ्यो पनि । पछिल्लो समय प्राय मानिस गाउँबाट शहरतिर बसाईं सर्ने गरेका छन् । शहरमा आएपछि उसले उत्पादन पनि गर्दैन, आफू किनेर खान्छ । यसरी डबल लस्ट भइरहेको छ । यसलाई हामीले कसरी प्रमोट गर्ने भन्नेतिर लाग्नुुपर्ने हुुन्छ ।

अर्कोकुरा गाउँमा आर्थिक उपजको पहिलो स्रोत नै दूध हो । दैनिक पैसा हातमा पर्ने भनेको नै दूध बेचेर हो । अहिले पनि ६ करोड रुपैयाँ शहरबाट गाउँ जान्छ । अहिले करिब ६ लाख किसानहरु यसमा आवद्ध छन् भने अप्रत्यक्ष रुपमा पनि लाखौं किसानहरु आवद्ध छन् । उद्योग स्तरमा हेर्ने हो भने ३५ हजारले रोजगारी पाएका छन् । यो यस्तो महत्वपूर्ण क्षेत्र हो जहाँ जुनसुकै पेशमा लागेका किसानले दूध मात्र उत्पादन गर्दैनन् उनीहरुले यसबाट गहुँत र गोवर प्रात गर्छन् । त्यसलाई खेतबारीमा प्रयोग गर्न सकिन्छ । त्यसैले यो इन्टररिलेटेड रहेको हुुन्छ ।

साँच्चै हाम्रो देशको विकास गर्न दुुग्ध व्यवसायलाई अगाडि ल्याउने हो भने यसले खाद्यान्य अवभालाई केही मात्रमा भए पनि सहयोग गर्छ । हामीले जुन अर्गानिक उत्पादन भनिरहेका छौं त्यो अर्गानिक उत्पादनमा पनि यसले सहयोग गर्छ । यसले अन्य अर्थतन्त्रलाई पनि सहयोग हुुन्छ । यसले हाम्रो पुुँजीलाई बाहिर जान नदिन पनि सहयोग गरेको हुुन्छ । बजारमा नेपालको प्रोडक्टमा गुुणस्तर छैन कि भन्ने प्रश्न गरेको पाइन्छ । तर, त्यस्तो होइन नेपालमा उत्पादित दूध र दुुग्धजन्य पदार्थहरु पूर्णतया गुुणस्तर छन् । ढुक्क भएर प्रयोग गर्न म आग्रह गर्दछु ।

नेपाल डेरी एसोसिएसनका महासचिव पह्लाद दाहालसँग गरिएको कुराकानीमा आधारितः

You might also like

Comments are closed.