विद्यार्थीको रोजाइमा प्रतिभा

विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा शीप पनि प्रदान गरिरहका छौं : अध्यक्ष नारायण पौडेल

पोखरा । २०४३ सालदेखि सञ्चालनमा आएको पोखराको प्रतिष्ठित शिक्षा प्रदायक संस्था प्रतिभा मावि आइएसओ सर्टिफाइड विद्यालय हो । पोखराका दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापकहरूको पहलमा खुलेको प्रतिभा देशभरिकै विद्यार्थीको रोजाईमा पर्न सफल छ ।

पारिवारिक वातावरणमा समय सापेक्ष रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालय विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल छ । विद्यालयले समयसापेक्ष नविनतम विधि तथा उच्चतम प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन गर्दै आएको छ । शिक्षण सिकाइमा क्रममा विद्यार्थीमैत्री विधि तथा प्रविधिको प्रयोग गर्दै आइरहेको यस विद्यालयले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षामा जोड दिएको छ । विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा शीप पनि प्रदान गरिरहको बताँउछन् विद्यालयका अध्यक्ष नारायण पौडेल ।

२०६० बाट प्लस टु मा म्यानेजमेन्ट पढाइ शुरू गरेको प्रतिभाले २०६८ मा विज्ञान संकाय पनि सञ्चालनमा ल्याएको हो । प्रतिभामा विज्ञान, व्यवस्थापनसहित होटल व्यवस्थापन विषयको अध्यापन हुँदै आइरहेको छ । शिक्षकको कामप्रतिको लगनशीलता तथा विद्यार्थीको मेहनतका कारण विद्यालय उत्कृष्ट बन्न सफल भएको अध्यक्ष पौडेलको विश्वास छ । ‘स्कुलले उत्कृष्ट परिणामका साथ सफलतापूर्वक प्लस टु का एक दर्जनभन्दा बढी ब्याच उत्पादन गरेको छ,’ उनले भने, ‘विद्यार्थी हरेक क्षेत्रमा उत्कृष्ट बनेका छन् ।’

jutta mela

जेहेनदार तथा विपन्न विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए । प्रतिभाका विद्यार्थी मेडिकल, इञ्जिनीयरिङ लगायतका क्षेत्रमा पूर्ण छात्रवृत्तिमा नाम निकालेर अध्ययन गर्न सफल छन् । प्रभावकारी शैक्षिक वातावरणको माध्यमबाट विद्यालयमा पढाइ भइरहेको विद्यालयका प्राचार्य किरण सापकोटा बताँउछन् । ‘विद्यार्थीको व्यक्तिगत तथा शैक्षिक गुणस्तरमा ध्यान दिई देशको सच्चा नागरिक बनाउने उद्देश्य विद्यालयको छ,’ उनले भने ।

‘उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल प्रतिभामा अत्यधुनिक विज्ञान, कम्प्युटर, गणित, सामाजिक अध्ययन ल्याबसहित पुस्तकालय, सभाहल लगायत विद्यार्थीको अध्ययन र वृत्ति विकासका लागि आवश्यक भौतिक पूर्वाधारको राम्रो व्यवस्था छ,’ सापकोटाले भने, ‘औपचारिक शिक्षासँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त तथा रचनात्मक कार्यक्रम पनि विद्यालयमा हुने गरेका छन् ।’ खेलकूदका गतिविधि पनि सञ्चालन हुन्छन् । यस्ता गतिविधीले विद्यार्थीका क्षमता तथा दक्षता पहिचान हुने पनि उनले बताए ।

प्रतिभाले टाढाका विद्यार्थीलाई मध्यनजर गरी होस्टल पनि विद्यालयले सञ्चालन गरेको छ भने स्वच्छ तथा स्वस्थ खाना तथा खाजाका लागि क्यान्टिन पनि सञ्चालन गरेको छ । गुणस्तरीय शिक्षामा समर्पित भएकै कारण विद्यालय सधैं उत्कृष्ट नजिता ल्याउन सफल भएको र विद्यार्थीको आकर्षण बढिरहेको अध्यक्ष पौडेल बताउँछन् ।

You might also like

Comments are closed.