प्रतिभा माविद्वारा आयोजित वक्तृत्वकलामा शर्मा र सापकोटा प्रथम

पोखरा । प्रतिभा मावि पोखराको आयोजनामा ‘देश निर्माणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका बीच प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा प्रकृति शर्मा र मञ्जुश्री सापकोटा प्रथम भएका छन् । पविन पौडेल द्वितीय, विपिन सुवेदी तृतीय र नितु पुनले चौथो स्थान हासिल गर्न सफल भएको निर्णायक समितिका संयोजक तथा विद्यालयका नेपाली भाषा विभाग प्रमुख बोधराज ढकालले जानकारी दिए ।

विद्यालयका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रम सञ्चालन विद्यार्थी अस्विन भुसालले गरेका थिए ।

विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कोरोना जोखिमलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो । विद्यालयले असार २९ गते भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता आयोजना गर्दैछ ।

You might also like

Comments are closed.