प्रतिभामा नेपाली समाचार वाचन प्रतियोगिता

पोखरा । पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा नेपाली समाचार प्रस्तुतीकरण प्रतियोगिता बिहीवार सम्पन्न भएको छ ।

रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झै नेपाली भाषामा कक्षा ६ देखि ८ कक्षासम्म अध्ययनरत ८९ जना विद्यार्थीहरुले विभिन्न पत्रिकामा प्रकाशित समाचारहरुलाई आधार बनाइ समाचार वाचन गरेका थिए ।

जसमा कक्षा ६ बाट प्राप्ति पौडेल, आयुश्री तिमिल्सिना, ज्योतिस्मा कार्की, र आयुषा बास्तोला क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् त्यसैगरी कक्षा ७ बाट भूमिका सुबेदी, कुसुम श्रेष्ठ, बरदान जिसी र आयुस्मा पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । भने कक्षा ८ बाट आदित्य आचार्य, सुप्रिया मानन्धर, प्रतिष्ठा खनाल, र ऋतु पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल र दुर्गादत्त सुबेदीले निर्णायकको भूमिका गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षिका अमृता जिसीले गरेकी थिइन् ।

 

You might also like

Comments are closed.