पोखरा । शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाएको प्रतिभा मावि पोखराका ३ जना विद्यार्थीले एमबिबिएसमा पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल भएका छन् । संगम सुवेदी, राजन देवकोटा र दिपेश के. मण्डलले नाम निकाल्न सफल भएका हुन् ।
यही साउन ९ देखि १३ गतेसम्म चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एकीकृत प्रवेश परीक्षा अन्तर्गत उनीहरुले पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल भएको प्रतिभा माविका अध्यक्ष नारायण पौडेलले आर्थिक आवाजलाई जानकारी दिए । ‘हाम्रा मेधावी विद्यार्थीहरुले एमबिबिएसमा पूर्ण छात्रबृत्ती तर्फ नाम निकाल्न सफल भएका छन्,’ उनले भने, ‘यो हाम्रा लागि खुसीको कुरा हो ।’
यस अगाडि कक्षा १२ को नतिजामा ३.९२ जिपिएसहित प्रतिभा विद्यालयका सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् । प्रतिभाका मेधावी छात्र जे एन मिलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा १ नम्बरमा नाम निकाली इतिहास रच्न सफल भए । गत वर्ष प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनिन् । हिसान कास्कीद्वारा आयोजित छात्र बास्केटवलतर्फ प्रथम र छात्र भलिबलतर्फ तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् प्रतिभाका विद्यार्थीहरू ।
प्रतिभा मावि २०४३ सालदेखि पोखरामा सञ्चालनमा आएको हो । ३४ वर्षदेखि निरन्तर सञ्चालित प्रतिभा मावि आइएसओ सर्टिफाइड विद्यालय हो । पोखराका दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापकहरूको पहलमा खुलेको प्रतिभा देशभरिकै उत्कृष्ट विद्यालयमध्येमा पर्न सफल छ । गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल प्रतिभा माध्यमिक विद्यालय पोखराको पालिखेचोकमा अत्याधुनिक तथा सुविधा सम्पन्न भवनमा संचालित छ । विद्यालयले समयसापेक्ष विधि तथा उच्चतम प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन गर्दै आएको अध्यक्ष नारायण पौडेल बताउँछन् । ‘शिक्षण सिकाइमा विद्यार्थीमैत्री विधि तथा प्रविधिको प्रयोग गर्छौं,’ उनले भने ।
र यो पनि,
Comments are closed.