प्रतिभामा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रम

पोखरा । विद्यार्थीहरुको पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले बाल दिवसको अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।

कार्यक्रम बालबालिकाहरुमा नै निहित रहेकोले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा गायन र नृत्य विद्याअन्र्तगत ७० ओटा विद्याहरुमा आफ्नो कौशलता प्रस्तुत गरेका थिए । गायन विद्यातर्पm (कक्षा १–३) प्रशन्न पौडेलको समूह, नैतिक गुप्ता, एलविन अधिकारीको समूह, प्रयास गुरुङको समूह र अभियान पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् भने नृत्य विधातर्फ(कक्षा १–३) रेन थापा विजेता, विद्याता पराजुली फस्ट रनर अफ, र बन्दना वलाकोटी र व्रिकीका पण्डितको समूह सेकेण्ड रनर अफ भएका छन् ।

त्यसैगरी कक्षा ४ देखि ५ सम्मको गायन विधातर्फ आर्यन क्षेत्री, प्रधन्न सुबेदी, रिजियो गुरुङ, शिवानीको समूह क्रमशः प्रथम, द्वितीय, तृतीय भएका छन् भने नृत्यतर्फ स्मृति र सुरक्षाको समूह, आर्या सुबेदीको समूह र एरी गुरुङको समूह क्रमशः विजेता, फस्ट रनर अफ र सेकेण्ड रनर अफ बन्न सफल भएका छन् ।

प्रमुख अतिथि कक्षा १ मा अध्ययनरत सासम गुरुङले आतिथ्यमा भएको कार्यक्रममा कक्षा ५मा अध्ययनरत हरि सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रम कक्षा ५ मा अध्ययनरत आर्या सुबेदीले स्वागत मन्तव्य दिएकी थिइन् भने विद्यालयकका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा आयोजित सो कार्यक्रममा नृत्यविधातर्फ युवराज गुरुङ र प्रिति गुरुङ् गायन विधामा हरिहर खनिँया र राजन कार्कीले निर्णायकको भूमिका गरेका थिए भने कार्यक्रमको सञ्चालन सफल सुबेदी, अनुष्का गौतम, आर्या सुबेदी, आर्यान क्षेत्री, साकार पौडेल, देव्यानी बराल र एनवासा कंडेलले गरेका थिए ।

विजेताहरुलाई विद्यालयका प्रिन्सिपल किरण सापकोटा, सहायक प्रिन्सिपल प्रदीप खनाल, तारा थापा, र विश्वगोपाल पराजुलीले पुरस्कार वितरण गरेका विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.