पोखरा । विद्यार्थीहरुको पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले विजया दशमीको पूर्व सन्ध्यामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पौडेलले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आइरहेको बताए । विद्यार्थीहरुले विभिन्न सांस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताए । कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक प्रिन्सिपल किरण सापकोटाले विद्यालयका हरेक छोराछोरीहरु प्रकृतिका एउटा अनुपम उपहार भएको बताउँदै उनीहरुले आफ्नो क्षमतालाई चिन्न नसक्दा जिन्दगीका दौड र सपनाहरु प्राप्त गर्ने लक्ष्यहरुमा कहिले काहीँ अल्मलिन पुगेपनि विद्यालयको बगैँचामा रहेका हरेक रङका फूलहरुले बराबर स्याहार सुसार र हेरचाह पाएर फक्रने र फुल्ने मौका पाएकोे बताए ।
कार्यक्रम बालबालिकाहरुमा नै निहित रहेकोले कक्षा ६ देखि कक्षा १०सम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा गायन र नृत्य विधाअन्र्तगत करिव साठी ओटा विधाहरुमा विभिन्न जातजाति, क्षेत्र, सामाजिक, सांस्कृति पहिचान बोकेका तायाःमचा नृत्यदेखि ललितपुर भक्तपुरको प्रख्यात कुमारी नाच एवम् विविध सांस्कृतिक झल्कने नृत्यहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । गायन विद्यातर्पm मलिना थापा विजेता, एभरग्रिन के.सी. फस्ट रनर अफ, दीक्षा क्षेत्री, एन्जल गौतम र सफल सुबेदी सेकेण्ड रनर अफ भएका छन् ।
नृत्य विधातर्फ (कक्षा ६र ७) आयुष्मा पौडेलको समूह विजेता, आयुश्री तिमिल्सिना र जेविना गुरुङ फस्ट रनर अफ र कृतिका खड्का, देविना लामिछाने, कृष्टिना दाहाल र अनुशा कँणेल सेकेण्ड रनर अफ भएका छन् । यसैगरि कक्षा ८,९ र १०को गायन विधातर्फ सुप्रिया मानन्धरको समूह विजेता, सन्ध्या थापाको समूह फस्ट रनर अफ र पासाङ ल्यामु शेर्पाको समूह सेकेन्ड अफ भएका छन् ।
विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम कक्षा ९ मा अध्यनरत अदिश सुबेदीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रममा नृत्यविधातर्फ राजबहादुर गुरुङ र पवित्रा गुरुङ , गायन विधातर्फ वरिष्ठ संङ्गीतकार नवराज बरालले निर्णायकको भूमिका गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी, विद्यार्थी हरू सुशान्त भुषाल, जस्विना मल्ल, लक्षिता राना, दीक्षान्त थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
विजेतालाई कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका प्रिन्सिपल किरण सापकोटा, सहायक प्रिन्सिपलद्वेय प्रदीप खनाल, बुद्धिमोहन पौडेल लगायत अन्य अतिथिहरुले पुरस्कार वितरण गरेका विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
Comments are closed.