प्रतिभा माविमा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम

पोखरा । राष्ट्रिय बाल दिवसको अवसरमा प्रतिभा माले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीका बीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो ।

नृत्य प्रतियोगितामा कक्षा एकबाट आरुश दाहालको समूहले प्रथम स्थान प्राप्त गर्दा प्रज्ञा सापकोटा र सहना शाही द्वितिय र सचिता सुवेदीको समूह तृतिय भयो । कक्षा २ बाट शासम र ओशनी गुरुङको जोडी प्रथम, रानी थापा र प्रभास सुनारको जोडीले द्वितीय र आरुसी भुजेलको समूह तृतिय भयो ।

यस्तै कक्षा ३ तर्फ प्रथम रिवास थापाको समूह हुँदा खुशी प्रजाको समूह द्वितिय र आयान गुरुङको समूहले तृतिय स्थान प्राप्त ग¥यो । कक्षा ४ तर्फ बन्दना बालकोटी, विधाता पराजुली र एरिका पौडेल र विध्रिका पण्डितको जोडी क्रमशः प्रथम, द्वितिय र तृतिय भए । कक्षा ५ बाट रितिसा आचार्यको समूह, रिहाना त्रिपाठीको समूह र ग्रिस्मा भुसाल क्रमशः प्रथम, द्वितिय र तृतिय भएको विद्यालयले जनाएको छ ।

यस्तै गायनतर्फ कक्षा २ र ३ बाट अभियाना पौडेल प्रथम दिपसन लामिछाने द्वितिय र रितिनराज रेग्मी र प्रनभ त्रिपाठी तृतिय भए । कक्षा ४ र ५ बाट अविन त्रिपाठी, आरभ जि.सी. र प्रिन्सा अधिकारी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

उनीहरुलाई विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुली, सह–प्राचार्य प्रदिप खनाल, बुद्धिमोहन पौडेल, अपरेसन इञ्चार्ज तारा केसी, कोर्डिनेटर भगवती सुवेदी, पद्मा पराजुली, निर्मला सुवेदी लगायतले प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य दिदै प्रतिभा माविमा अध्ययनरत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको बताए । विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेको पनि उनले बताए ।

You might also like

Comments are closed.