काठमाडौं । पोखराको नदीपूरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले बिहीवार धार्मिक योग प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय प्रभारी पूज्य साद्वी देवादितीको प्रमुख प्रशिक्षकत्वमा देवादितीले आध्यात्मिक ध्यान, योग र देश भक्तिका बारेमा प्रवचन दिएकी थिइन् ।
साथै योग साधनाले मानसिक तथा शारीरिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । त्यसैगरि विद्यालयका निर्देशक बलबहादुर थापाले विद्यालयले यस्ता खालका धार्मिक योग प्रशिक्षण तथा शिविरहरुको आयोजना गर्दै आएको बताएका छन् ।
कार्यक्रममा कक्षा दशमा अध्ययनरत विद्यार्थी तथा आवासीय विद्यार्थी गरी करिव १ सय ५० विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा भएको थियो ।
कार्यक्रममा महिला पतञ्जली नेपाली केन्द्रीय सदस्य हिरा अधिकारी, महिला पतञ्जली कास्कीकी उपाध्यक्ष जमुना थापा र पतञ्जली युवा नेपाल समितिकी सह–संयोजक भगवती शर्माको पनि उपस्थिति रहेको थियो ।
विद्यालका प्रिन्सिपल विश्व गोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनाल गरेका थिए ।
Comments are closed.