प्रतिभा माविमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत

पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा नर्सरीदेखि कक्षा ९सम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले अभिभावकहरूसँग भएको ज्ञान, सीप, क्षमता र पेसा व्यवसायबाट प्राप्त गरेका ज्ञान र आफूले सिकेका अनुभवहरू आफ्ना छोरा छोरीलाई दिनुु पर्नेमा जोड दिदै प्रतिभा मावि एउटा संस्था नभएर हामी शिक्षा कर्ममा लागेका मान्छेहरूको सपना भएको बताए ।

कार्यक्रममा विशेष अतिथि विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मीले विद्यालयले हरेक क्षेत्रमा गरेको कामप्रति आपूm अत्यन्त खुसी भएको बताउँदै विद्यालय पोखराको आकाशमा मात्र नभएर देशभरिकै उत्कृष्ट विद्यालयको रुपमा रहेको बताए । विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा विद्यालयले वर्ष २०८२का लागि विभिन्न विधामा शिक्षकहरूलाई इन्चार्ज, तथा विभागीय प्रमुखको जिम्मेवारी समेत तोकिएको थियो ।

कार्यक्रमा कक्षा १० मा अध्यनरत लक्षिता रानाले स्वागत मन्तव्य दिएकी थिइन भने कार्यक्रमको सञ्चालन सह प्रचार्य प्रदीप खनालले गरेको उक्त कार्यक्रममा शैक्षिकसत्र २०८१का शैक्षिक पुरस्कार वितरणसमेत गरेको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.