सधैं उत्कृष्ट प्रतिभा मावि

पोखरा । पोखरा महानगरको पालिखेचोकमा अवस्थित प्रतिभा माध्यमिक विद्यालय एक प्रतिष्ठित शिक्षा प्रदायक संस्था हो । गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल प्रतिभा माध्यमिक विद्यालय पोखराको पालिखेचोकमा अत्याधुनिक तथा सुविधा सम्पन्न भवनमा संचालित छ । प्रतिभा मावि २०४३ सालदेखि सञ्चालनमा आएको हो । ३४ वर्षदेखि निरन्तर सञ्चालित प्रतिभा मावि आइएसओ सर्टिफाइड विद्यालय हो । पोखराका दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापकहरूको पहलमा खुलेको प्रतिभा देशभरिकै उत्कृष्ट विद्यालयमध्येमा पर्न सफल छ ।

विद्यालयले समयसापेक्ष विधि तथा उच्चतम प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन गर्दै आएको अध्यक्ष नारायण पौडेल बताउँछन् । ‘शिक्षण सिकाइमा विद्यार्थीमैत्री विधि तथा प्रविधिको प्रयोग गर्छौं,’ उनले भने ।

२०६० सालबाट प्लस टु मा म्यानेजमेन्ट पढाइ सुरु गरेको प्रतिभाले २०६८ सालमा विज्ञान संकाय पनि थप गर्यो । प्रतिभामा विज्ञान, व्यवस्थापनसहित होटल व्यवस्थापन विषयको अध्ययन हुँदै आइरहेको छ । शिक्षकको कामप्रतिको लगनशीलता तथा विद्यार्थीको मेहनतका कारण विद्यालय उत्कृष्ट बन्न सफल भएको अध्यक्ष पौडेलको विश्वास छ । ‘स्कुलले उत्कृष्ट परिणामका साथ सफलतापूर्वक प्लस टु का एक दर्जनभन्दा बढी ब्याचहरू उत्पादन गरेको छ,’ उनले भने, ‘विद्यार्थी हरेक क्षेत्रमा उत्कृष्ट बनेका छन् ।’ जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए ।

jutta mela

शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसँग सहकार्य गरेर शैक्षिक उपलब्धी र व्यक्तित्व विकासका लागि प्रभावकारी शैक्षिक वातावरणको माध्यमबाट विद्यालयमा पढाइ भइरहेको विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली बताउँछन् । ‘विद्यार्थीको व्यक्तिगत तथा शैक्षिक गुणस्तरमा ध्यान दिई देशको सच्चा नागरिक बनाउने उद्देश्य विद्यालयको छ,’ पराजुली भन्छन्, ‘आत्मकेन्द्रित नभई सामाजिक व्यक्ति बन्नुपर्छ भन्ने कुरा पनि विद्यार्थीलाई सिकाउँदै आएका छौं ।’ विद्यार्थीहरूको शैक्षिक करिअर विकास गर्नुका साथै रचनात्मक बन्न प्रेरित गर्ने विद्यालयको उद्देश्य रहेको बताउँछन् पराजुली ।

लकडाउन तथा कोरोना महामारीको समयमा चुनौतिलाई अवसरमा बदल्दै विद्यालयले विद्यार्थीलाई डिजिटलाइज्ड कक्षाकोठाको अवधारणामा विद्यालयको आफ्नै एपमार्फत प्रभावकारी अनलाइन शिक्षा सञ्चालन गरेकोे थियो । विद्यालयले सधैं समयसापेक्ष अध्ययन अध्यापनका कामलाई अगाडि बढाउँदै आएको पराजुली बताउँछन् ।

कक्षा ११ बाट नै प्रि मेडिकल र इन्जिनियरिङको तयारी कक्षा सञ्चालन हुने पोखराको एक मात्र विद्यालय पनि हो प्रतिभा मा.वि. ।

कक्षा १२ को नतिजामा ३.९२ जिपिएसहित प्रतिभा विद्यालयका सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् । प्रतिभाका मेधावी छात्र जे एन मिलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा १ नम्बरमा नाम निकाली इतिहास रच्न सफल भएका थिए । प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनिन् । हिसान कास्कीद्वारा आयोजित छात्र बास्केटवलतर्फ प्रथम र छात्र भलिबलतर्फ तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् प्रतिभाका विद्यार्थीहरू ।

प्रतिभाबाट १२ उत्तीर्ण गरेका विद्यार्थी कुशल लामिछानेले देशभरमा नै १८औं स्थानमा एमबिबिएसको परीक्षा उत्तीर्ण र महिमा काफ्लेले बिएसी एजीमा छात्रातर्फ देशकै दोस्रो बनेर प्रतिभा स्कुलका विद्यार्थी सर्वोत्कृष्ट हुने क्रमलाई जारी राखेका छन् । यही वर्ष प्लस टु उत्तीर्ण विद्यार्थी मध्ये १२ जना सिए, ४४ जनाले बिबिए र अन्य दर्जनौं विद्यार्थीले इन्जिनियरिङतर्फ छात्रबृत्ती प्रदान गरेका छन् ।

विद्यालयकी छात्रा सीमा केसीले वल्र्ड इकोनोमिक्स कपमा संसारभर नै चौथो स्थान प्राप्त गर्न सफल भएकी छन् ।

गत वर्ष इन्जिनियरिङ, एग्रो, फरेस्टी लगायतका विषययहरूमा विद्यालयबाट पोखरा क्षेत्रबाट सबैभन्दा धेरै विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल गराएर फेरि अर्को शैक्षिक इतिहास रच्न सफल भएको छ प्रतिभाले ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले नेपाली क्रिकेटका उदियमान नक्षत्र सन्दिप लामिछाने र नेपाली राष्ट्रिय महिला भलिबल टिमको क्याप्टेन अरुणा शाहीलाई १ लाख रुपैयाँसहित पुरस्कृत गरिसकेको छ । हरेक वर्ष प्रतिभा वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको विद्यालयले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कारसहित सम्मान गरिसकेको छ । कलेजले यसैवर्ष प्रतिभा विशेष व्यक्तित्व पुरस्कार अन्तर्गत प्रोफेसर डा. अभि सुवेदी र प्रतिभा युवा वर्ष पुरस्कार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको छ । कलेजले बिगतमा पनि यस्ता कार्यक्रम गर्दै आाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेल बताउँछन् ।

पोखरामा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयसमेत प्रतिभा मावि हो । कक्षा ११ र १२ मा मात्रै अहिले हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थासमेत गरेको प्रवन्ध निर्देशक बलबहादुर थापाले बताए ।

‘उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल प्रतिभामा अत्याधुनिक विज्ञान, कम्प्युटर, गणित, सामाजिक अध्ययन ल्याबसहित पुस्तकालय, सभाहल लगायत विद्यार्थीहरूको अध्ययन र वृत्ति विकासका लागि आवश्यक भौतिक पूर्वाधारको राम्रो व्यवस्था छ,’ पराजुलीले भने, ‘औपचारिक शिक्षासँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त तथा रचनात्मक कार्यक्रम पनि विद्यालयमा हुने गरेका छन् ।’ खेलकुदका गतिविधि पनि सञ्चालन हुन्छन् । ‘अतिरिक्त क्रियाकलापअन्तर्गत उत्प्रेरणात्मक कार्यक्रमहरू निरन्तर हुन्छन्,’ पराजुलीले भने । टाढाका विद्यार्थीलाई मध्यनजर गरी होस्टल पनि विद्यालयले संचालन गरेको छ भने स्वच्छ तथा स्वस्थ खाना तथा खाजाका लागि क्यान्टिन पनि सञ्चालनमा रहेको पराजुलीले जानकारी दिए । ‘संस्कार र आतमविश्वाससहित हामी गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्छौं,’ उनले भने ।

गुणस्तरीय शिक्षामा समर्पित भएकै कारण विद्यालयले सधैं उत्कृष्ट नजिता ल्याउन सफल भएको र विद्यार्थीको आकर्षण वर्षेनी बढिरहेको अध्यक्ष पौडेल बताउँछन् । ‘राम्रो व्यवस्थापन, दक्ष एवं अनुभवी शिक्षक तथा शिक्षिकाहरुको आबद्धता, पारिवारिक वातावरणमा पठन पाठन लगायतका विशेषता प्रतिभामा छ,’ पौडेल भन्छन् ।

You might also like

Comments are closed.