विद्यार्थीको आकर्षक गन्तव्य ‘प्रतिभा मावि’, हरेक क्षेत्रमा उत्कृष्ट

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) पछि विद्यार्थीलाई कक्षा ११ मा कहाँ र कुन विषय लिएर पढ्ने भन्ने अन्यौल हुन्छ । गाउँका विद्यार्थीलाई विषय छनोटसँगै सहर झर्ने कि नझर्ने भन्ने पिरलो हुन्छ भने सहरकै विद्यार्थीलाई पनि विषय र शिक्षण संस्था छनोटमा दोधार थपिन्छ । उपयुक्त विषय र शिक्षण संस्था पहिचान गर्न नसक्दा कतिपय विद्यार्थीलाई द्विविधा हुने गरेको छ । त्यस्तो बेला अभिभावक पनि अन्यौलमै पर्छन् । उचित परामर्श नपाउँदा कतिपय विद्यार्थी अन्यौलताकै बाबजुत अध्ययन थाल्न बाध्य हुन्छन्, त्यसका पर्याप्त उदाहरण भेट्न सकिन्छ । तर यीनै विद्यालयको भिडमा उभिएको एउटा शिक्षण संस्था हो, प्रतिभा मावि । जसले विद्यार्थीलाई सुरूदेखि अन्तिमसम्म साथ लिएर हिँड्छ, सही विषय र क्षेत्र छनोट गर्न सुझाउँछ, विद्यार्थीको रूचिअनुसार गन्तव्यमा पुग्न ‘ब्याकबोन’ बनिदिन्छ । त्यसैले त पोखराको पालिखेचोकस्थित प्रतिभा माविले भन्न पाएको छ, पोखरामा सबैभन्दा धेरै र सर्वाेत्कृष्ट विद्यार्थीको रोजाइ, पोखराको शैक्षिक सान, प्रतिभा मावि । हो, नारामा भनेझै प्रतिभा मावि साँच्चै नै पोखराको शैक्षिक सान बनेको छ । सबैभन्दा धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । विद्यालयका प्राचार्य किरण सापकोटा भन्छन्, ‘हामीले छोराछोरीले विद्यालय टेकेको दिनदेखि उनीहरूबारे घोत्लिन्छौं, छोराछोरीलाई सही मार्ग देखाउन काउन्सिलिङ गर्छाैँ, उनीहरूको भविष्यबारे चिन्तनमनन् गर्छाैँ, अनि भविष्य उज्ज्वल बनाउन प्रयत्न गर्छाैँ । त्यही कारणले प्रतिभा मावि सर्वाेत्कृष्ट विद्यार्थीको रोजाइमा परेको हो ।’

उत्कृष्टको सधैँको रोजाई ‘प्रतिभा’

प्रतिभाले हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई भित्र्याउँछ । त्यसका पछिल्ला उदाहरण हुन् २०७९ को एस.ई.ई.मा ४ जिपिए ल्याएका विद्यार्थीद्वय ऋतिका पोखरेल र अभिषेक न्यौपाने । त्यस्तै ३.९५ जिपिए ल्याएर धवलागिरी अञ्चलमा प्रथम भएका बब्लु शाह र ३.९५ जिपिएसहित तनहूँका उत्कृष्ट डेककुमार श्रेष्ठले प्रतिभालाई छनोट गरेका थिए । २०८० को एस.ई.ई.मा ४ जिपिए ल्याएका प्रनिशा तुलाचन र समीर सुवेदी हाल प्रतिभामै अध्ययनरत छन् ।

रिजल्ट पनि उत्कृष्ट

२०४३ सालदेखि सञ्चालित विद्यालयले आइएसओ सर्टिफाइडको प्रमाणपत्र पाइसकेको छ । प्राचार्य सापकोटाका अनुसार प्रतिभाको इतिहासलाई गर्विलो बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसको उदाहरण हो, ३.९२ जिपिएसहित विद्यालयकी सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनिन् । प्रतिभाकै जेएन मिलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा पहिलो नम्बरमा नाम निकालेका थिए । प्रतिभाकै सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनिन् । त्यस्तै कुशल लामिछानेले पनि एमविविएसमा आफूलाई अब्बल सावित गरेका थिए । २०८० मै विनय आचार्य, बन्दना शर्मा, दिपिका शर्मा, अनुप तिमिल्सेना र अनिश तिमिल्सेनाले पूर्ण छात्रवृत्तिमा एमविविएसमा आफूलाई अब्बल सावित गरिसकेका छन् । ‘चार्टर्ड एकाउन्टेन्ट (सिए), बिबिए, बिएससी एजी, मेडिकल, इन्जिनियरिङतर्फ प्रतिभाका विद्यार्थीले हरेकवर्ष इतिहास रचेका छन्,’ प्राचार्य सापकोटाले भने ।

प्रतिभा नै किन ?

प्रतिभा माविले हरेक वर्ष कक्षा ११ मा विज्ञानमा ३२०, व्यवस्थापनमा ३६० र होटल व्यवस्थापनमा ७६ जना विद्यार्थी मात्र भर्ना लिन्छ । तिनै विद्यार्थीलाई अब्बल बनाउन सिङ्गो विद्यालय लागी पर्छ । भर्ना हुन चाहनेलाई प्रवेश परीक्षामार्फत छनोट गर्छ । आखिर किन प्रतिभामै ? विद्यालयका प्राचार्य सापकोटा भन्छन्, ‘हामी उत्कृष्ट शिक्षा दिएर वर्षेनी प्रतिभा उत्पादन गर्छौं । उत्कृष्ट रिजल्टमा हामीले वर्षेनी हक राख्छौँ । विद्यार्थीलाई प्रविधिमैत्री तरिकाले शिक्षा प्रदान गरेका छौँ ।’ उनका अनुसार अहिले विद्यालयमा शैक्षिक सत्रको सुरूवातदेखि नै एमबिबिएस, बिइ, बिबिए, सिएको तयारीका लागि कक्षा सञ्चालन गरिन्छ । विद्यार्थीलाई अध्ययनमा सहज होस् भनेर कक्षाकोठालाई एयरकन्डिसनयुक्त बनाइएको छ । सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गराइन्छ । सापकोटा भन्छन्, ‘विद्यार्थीको वृत्ति विकासमा हामी अहोरात्र लागि पर्छौ ।’

बिजनेस प्लानदेखि फूड फेस्टिभलसम्म

प्रतिभा मावि विद्यार्थीलाई किताबी ज्ञान मात्र दिँदैन, जीवनोपयोगी सीप सिकाउन उत्तिकै अग्रसर हुन्छ । त्यसका लागि प्रयोगात्मक अभ्यासमा विद्यालयको जोड छ । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउने, किताबीबाहेक अतिरिक्त ज्ञान दिने, खेलकुदमा उत्सुकता जगाउने, विद्यार्थीमा नेतृत्व विकास गराउने, अभिभावकलाई जिम्मेवार बनाउने लगायतबारे विद्यालयले निरन्तर जानकारीमूलक गतिविधि गर्दै आएको छ, जुन नियमित शिक्षणभन्दा बाहिरका हुन् ।

प्राचार्य सापकोटाका अनुसार विद्यालयले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन वर्षेनी फुड फेस्टिभल आयोजना गर्छ । विज्ञलाई झिकाएर नेतृत्व विकास तालिमदेखि अभिभावकका लागि उत्प्रेरणामूलक परामर्श दिलाउँछ । दसैँ तिहारको बिदामा विज्ञान सामाग्री तयार गर्न लगाई वर्षेनी भव्य विज्ञान प्रदर्शनी गराउँछ । व्यवस्थापन विषयका विद्यार्थीलाई ‘बिजनेस प्लान’ बनाउन लगाउँछ । विद्यार्थीले बनाएको बिजनेस प्लान विद्यार्थीमाझ प्रतिस्पर्धा गर्न लगाउँछ र उत्कृष्टलाई पुरस्कृत गर्छ । सापकोटाले भने, ‘सानैदेखि व्यावसायिक क्षेत्रको महत्त्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौँ ।’

सचेतनामूलक कार्यक्रम

विद्यार्थीका लागि नियमित गतिविधिमा पनि विद्यालयले उत्तिकै जोड दिएको छ । विद्यालयले राष्ट्रिय वन्यजन्तु सप्ताहअन्तर्गत सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । वर्षेनी शैक्षिक मेला पनि गर्छ । ‘एजुकेसन युएसए मिनी फेयर’ पनि आयोजना गर्दै आएको छ । विद्यालयका प्राचार्य सापकोटाका अनुसार विगत पाँच वर्षदेखि वर्षेनी यस्तो शैक्षिक मेला आयोजना हुने गरेका छन् । अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू नेपाल आउने र उनीहरूले स्कुलसँगको सहकार्यमा यो मेला आयोजना हुन्छ । विद्यार्थीले पाउने छात्रवृत्ति, विषय छनोट, रोजगारका अवसरबारे पनि विश्वविद्यालयका प्रतिनिधिसँग जानकारी लिन पाउँछन् ।

मणिपालसँग सम्झौता

विद्यार्थीको स्वास्थ्यबारे पनि उत्तिकै ध्यान दिन्छ । त्यसको उदाहरण हो, प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट सम्झौता । सम्झौताअनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिने गरेको छ । अस्पतालसँगको सहकार्यमा विद्यालयले हरेक वर्ष विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गराउँदै आएको छ ।

खेलकुदमा झनै उत्कृष्ट

प्रतिभा मावि वार्षिक परीक्षाफलमा मात्र नभई खेलकुदमा पनि सधैँ उत्कृष्ट हुने गरेको छ । १५ औँ र १६ औँ हिसान च्याम्पियन पनि प्रतिभा नै बन्यो । प्याब्सन स्पोर्टस मिटमा पनि यो पटक प्रतिभाले दोहोरो उपाधि हात पा¥यो । बास्केटबलमा पनि उत्कृष्ट नै बन्यो । पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पनि प्रतिभाले नै कब्जा ग¥यो । प्याब्सन कास्की, हिसान कास्की तथा तेश्रो मेयर कप मावि स्तरीय बास्केटबल प्रयोगितामा छात्रातर्फ पनि प्रतिभा नै प्रथम बन्यो । एस.ई.ई. दिएर बसेका विद्यार्थीका लागि विद्यालयले हालै मात्र खेलकुद सहित विभिन्न १३ वटा गतिविधिबीच प्रतिस्पर्धा गराएको थियो ।

हरेक क्षेत्रमा उत्कृष्ट

प्रतिभाले प्रतिभावान् विद्यार्थीलाई अध्यापन त गराउँछ नै विद्यार्थी पनि अब्बल भएर निस्कने गरेका छन् । त्यसका उदाहरण हुन्, अजर गुरुङ र बिनिताकुमारी चापागाइँ । गुरुङ र चापागाइँले गतवर्ष नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजत पदक जितेका थिए । त्यस्तै एस्ट्रोनोमि ओलम्पियाडमा अभिषेक न्यौपानेले पनि आफूलाई अब्बल सावित गराए । आयुष बस्ताकोटीले २०८० मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानमा स्नातक तहका लागि लिएको प्रवेश परीक्षामा कास्की प्रथम भई पूर्ण छात्रवृत्ति हात पारेका थिए । प्रतिभाका विद्यार्थीले बौद्धिकतामा पनि उत्कृष्टता हाँसिल गर्ने गरेको छ । अनुष्का आचार्यले हिसान गण्डकीद्वारा आयोजित निबन्ध लेखनमा प्रथम हुँदै आफूलाई अब्बल सावित गराइन् । त्यस्तै महिमा विक, दीपाली भट्टराईले पनि उत्तिकै क्षमता प्रदर्शन गर्दै अब्बलता सावित गरे ।

भगिनी सम्बन्ध बिस्तार र अवार्ड

प्रतिभा मावि अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा पनि पछिल्लो समय अग्रसर बनेको छ । विद्यालयले यसै वर्ष जापानमा गौरवमय अवार्ड हात पा¥यो । गण्डकी प्रदेशकै सर्वोत्कृष्ट दश जोड दुई विद्यालय ‘बेस्ट टेन प्लस टु स्कुल अफ द इअर २०२३’ को उपाधि प्रतिभाले नै प्राप्त ग¥यो । जापानमा आयोजित कार्यक्रममा प्रसिद्ध संस्था कलेज रिडर्सले अवार्ड प्रदान ग¥यो । प्रतिभाले योभन्दा अघि पनि सन् २०१८ डिसेम्बरमा युएईमा टिचिङ एक्सेलेन्स अवार्ड २०१८ प्राप्त गरेको थियो ।

विद्यालयले पछिल्लो पटक चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको छ । मित्र राष्ट्र चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीसँगको सम्बन्ध बिस्तार गरी चीनको शिक्षण सिकाइ र प्रविधिलाई हामीले पनि अँगाल्न सक्छौँ,’ सापकोटाले भने । भगिनी सम्बन्ध बिस्तारको क्रममा आयोजित भेटघाटमा चीनको बेइजिङ इन्टरनेसनल चाइनिज कलेजकी डिन कुइ फानले चिनियाँ भाषा र संस्कृतिप्रति लगाव राख्ने नेपाली विद्यार्थीलाई यसअघि नै छात्रवृत्ति दिन थालिसकेकाले आगामी दिनमा प्रतिभा माविसँग यस विषयमा थप सहकार्य गर्ने बताएकी थिइन् ।

सम्मान

प्रतिभा माविले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी समाजमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आएको छ । यो वर्ष कलाकार हरिवंश आचार्य र गायक प्रकाश सपुत सम्मानित भए । हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार– २०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार– २०८०’ बाट विद्यालयले सम्मान गरेको हो । उनीहरूलाई जनही एकलाख रूपैयाँ सहित सम्मान गरिएको थियो ।

प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरूणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआईभी सङ्क्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठ, प्राडा. सुरेशराज शर्मालगायतलाई सम्मान गरिसकेको छ ।

प्रविधिमा पनि उत्तिकै जोड

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार विद्यालयले समयसापेक्ष प्रविधि प्रयोग गरेर अध्यापन गराउँदै आएको छ । त्यही क्रममा माई सेकेन्ड टिचर (एमएसटी) सँगको सहकार्यमा कक्षाकोठालाई प्रविधिमैत्री बनाइएको छ । ‘परम्परागत शिक्षण विधिलाई परिवर्तन गर्न जरूरी छ । प्रििवधिमा फड्को मार्न नसके अबको पुस्ता पछाडि पर्छ,’ पौडेल भन्छन्, ‘सिकाइमा विद्यार्थीमैत्री प्रविधि अब अत्यावश्यक भइसक्यो ।’ जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए । प्रतिभाले २०६० देखि प्लस टु मा म्यानेजमेन्ट अध्यापन थालेको थियो । २०६८ सालमा विज्ञान सङ्काय थपेको विद्यालयमा हाल व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन विषय अध्ययन हुन्छ ।

तस्बिरमा प्रतिभाका गतिविधिहरु

You might also like

Comments are closed.