पोखरा । प्रतिभा मावि पोखराका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नजिता ल्याउन सफल भएका छन् ।
विद्यालयका विद्यार्थीहरूले अत्यन्तै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्रिन्सिपल किरण सापकोटाले जानकारी दिए ।
विद्यालयबाट सहभागी विद्यार्थीहरूमध्ये प्रोमिश ढकालले ४.०० जिपिए ल्याएका छन् । अदिश सुवेदी, विप्लव रेग्मी, रिवाज मरासिनीले ३.९६ जिपिए ल्याएका छन् । अन्य विद्यार्थीहरुको रिजल्ट पनि राम्रो रहेको उनले बताए ।
विद्यालय परिवारले उत्कृष्ट नतिजा प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । उल्लेखनीय उपलब्धिमा महत्वपूर्ण भूमिका निभाउने शिक्षक, विद्यालयका कर्मचारी तथा अभिभावकप्रति पनि विद्यालयले आभार प्रकट गरेको छ ।
र यो पनि
छात्रवृत्तिमा प्रतिभाको ‘छलाङ’ : नर्सिङमा नेपाल प्रथम, इन्जिनियरिङमा तेस्रो
प्रतिभा मावि नेपालको उत्कृष्ट विद्यालय मध्यमा पर्न सफल छ । कक्षा ११ मा भर्ना हुनका लागि पनि विद्यालयमा विद्यार्थीको आकर्षण देखिने गरेको छ ।
Comments are closed.