प्राक्सिस इन्टरनेशनल एकेडेमीमा अभिभावक अभिमुखीकरण कार्यक्रम

काठमाडौं । प्राक्सिस इन्टरनेशनल एकेडेमी चाबहिलको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा एकेडेमीले शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको प्रिन्सिपल गेन्द्र लामाले जानकारी दिए ।

विद्यालय परिवार, विद्यार्थी र अभिभावकबीच सम्बन्ध सुमधुर बनाउन यस्ता कार्यक्रमले योगदान पुर्याउने लामाले विश्वास व्यक्त गरे । विद्यार्थीहरुको नजितासमेत एकेडेमीले अभिभावक समक्ष वितरण गरेको छ ।

You might also like

Comments are closed.