महासंघ बागमतीको बस्तुगत उपाध्यक्षमा मैनालीको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा युवा व्यवसायी प्रेमहरि मैनालीले उम्मेदवारी दिएका छन् । उनले बस्तुगत उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्षका उम्मेदवार दुर्गाराज श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी दिएका हुन् । मैनाली नेपाल वितरक संघको अध्यक्ष हुन् ।

उनले बस्तुगत संघसंस्था तथा महासंघको समग्र विकासमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल वितरक संघमा उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए । संघलाई सफल नेतृत्व प्रदान गरिरहेका मैनालीले महासंघमा रहेर सबै बस्तुगत संघहरुको हकहितमा काम गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।

‘बस्तुगत संघहरु र समग्र निजी क्षेत्रको हकहितमा काम गर्नेछु,’ उनले भने ।

यस्तो छ उम्मेदवार मैनालीको संक्षिप्त परिचय र प्रतिबद्धता

वस्तुगत तर्फ – उपाध्यक्ष पदका लागि उम्मेदवार : प्रेमहरि मैनाली
उद्योग, ब्यापार, वितरण व्यवसाय एवं सेवा क्षेत्रमा २०५९ देखि निरन्तर काम गर्दै आएको छु । मेरो व्यावसायिक यात्रा तथा संघसंस्थामा आवद्घ भई काम गरेको अनुभवको आधारमा बागमती प्रदेशका समग्र निजी क्षेत्रको आशा र भरोसा जगाउन सक्ने सशक्त भुमिका निभाउने योजना लिएको छु । विभिन्न वस्तुगत उद्योगी, व्यवसायीका वास्तविक समस्या पहिचान गरि नियमन निकाय एवं नीतिगत तहसम्म समन्वय, सहकार्य र सुधारमार्फत व्यवसायमैत्री वातावरण निर्माण गर्न सकृय रुपमा आफूलाई प्रस्तुत गर्नेछु । मैले प्राप्त गरेको ज्ञान र अनुभवबाट सम्पूर्ण उद्योगी व्यवसायीहरुको साझा हक, हित र अधिकारको रक्षाका निमित्त सदैव प्रतिवद्घ रहनेछु ।

संघ/संस्थागत आबद्धता
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश : कार्यकारीणी सदस्य २०७९ देखि हालसम्म
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं : कार्यसमिति सदस्य २०८० देखि हालसम्म
नेपाल वितरक संघ :
कार्यसमिति सदस्य, २०७६ देखि २०८० सम्म
द्वितीय उपाध्यक्ष, २०८० देखि २०८२ सम्म
अध्यक्ष, २०८२ देखि

टिसु उद्योग संघ नेपाल : कार्यसमिति सदस्य २०७९ देखि हालसम्म
नेपाल माल्टा चेम्वर अफ कमर्स एन्ड ईन्डष्ट्रिज : संस्थापक एवं कार्यसमिति सदस्य

अनुभव एवं भूमिका

  • दुई दशक लामो विभिन्न व्यावसायिक क्षेत्रको अनुभव ।
  • उद्योगी व्यवसायीबीच नियमन निकायसंग समन्वयकारी भूमिका निर्वाह ।
  • सदस्यहरुलाई वाणिज्य, आपूर्ति, उपभोक्ता हित संरक्षण, कर, भन्सार तथा राजश्व सम्वन्धी विभिन्न कार्यक्रम आयोजना गरेको अनुभव ।
  • विभिन्न बस्तुगत व्यवसायीहरुको उत्पादन, बजारीकरण र संस्थागत क्षमता अभिवृद्घि गराउन भूमिका निर्वाह गरेको ।
  • उद्यमशीलता विकास एवं स्वदेशी उत्पादनलाई बजार र उपभोक्तासम्म पुर्याउन प्रवर्द्धनको कार्यक्रम गर्ने ।
  • स्वदेशी उद्योगका उत्पादनलाई आकर्षक एवं प्रतिस्पर्धी बनाउन योजना बनाउने ।
  • विभिन्न बस्तुगत संघ संस्थाका सदस्यहरुलाई आवश्यक तालिम तथा प्रशिक्षणमार्फत क्षमता अभिवृद्घि गर्ने, आयमुलक तथा अत्मनिर्भर कार्यक्रम संचालन गर्ने ।
  • उद्योगी व्यवसायीबीच नियमन निकायसंग समन्वयकारी भूमिका निर्वाह गर्ने ।

अन्त्यमा अग्रजहरुको मार्गदर्शन, सहकार्य र जिम्मेवारीप्रति पूर्ण समर्पित हुंदै “ सक्षम नेतृत्व सुधृत निजि क्षेत्र र समृद्घ बागमती ” प्रदेश भन्ने मुल मन्त्र लियर नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको आसन्न यहि चैत २३ र २४ हुन गैरहेको ९ औं प्रदेश सभा एवं अधिवेशनमा वस्तुगत तर्फ – उपाध्यक्ष पदका लागी मेरो उम्मेदवारी रहेको हुंदा सम्र्पूण उद्योगि व्यवसायी एवं वस्तुगत संघका आदरणिय अध्यक्ष ज्यू, प्रतिनिधि ज्यू हरुको अमुल्य मतका साथ समर्थन र विश्वासको लागि विनम्र अनुरोध गर्दछु ।

 

You might also like

Comments are closed.