काठमाडौं । प्रिमियर इन्टरनेशनल स्कुलमा विन्टर ओलम्पिक साइजको स्विमिङ पुल बन्ने भएको छ । २५ बाई १२.५ मिटरको स्विमिङ पुल ९० दिनभित्र सक्ने गरी शुक्रबार शिलान्यास गरिएको छ । स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले स्विमिङ पुलको शिलान्यास गरेका हुन् ।
खुमलटार हाइट सातदोबाटो ललितपुरमा रहेको स्कुल परिसरमा अत्याधुनिक प्रविधिसहितको स्विमिङ पुल बन्न लागेको हो । स्विमिङ पुल निर्माणमा नेपालमा अग्रणी पहिचान बनाएको कम्पनी पुल बजार प्रालिले स्विमिङ पुल निर्माणको जिम्मा लिएको छ ।
विशिष्ट श्रेणी कायम गरेको प्रिमियर इन्टरनेशनल स्कूलले आफ्ना सम्पूर्ण सेवा तथा सुविधालाई स्तरउन्नति गर्ने क्रममा स्विमिङ पुलसमेत निर्माणको सुरुवात गरिएको स्कुलका निर्देशक पवित्रा लिम्बुले बताइन् । ‘अन्तर्राष्ट्रियस्तरको शिक्षासँगसँगै अन्तर्राष्ट्रियस्तरकै खेलकुद गतिविधिमा विद्यार्थीहरु सहभागी हुन पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन्, ‘विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण सेवासुविधाप्रति हामी सचेत छौं ।’
म्याजिलाइन फ्रान्स र एस्ट्रल पुल स्पेनको सामान स्विमिङ पुलमा प्रयोग हुनेछ । म्याजिलाइन फ्रान्स र एस्ट्रल पुल स्पेनको लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता पुल बजार प्रालि हो ।
प्रिमियर इन्टरनेशनल स्कुलमा डिजाइन र प्रविधि दुवै दृष्टिकोणले उत्कृष्ट स्विमिङ पुल बन्न लागेको पुल बजार प्रा.लि.का प्रवन्ध निर्देशक विपिन पोखरेलले बताए । जाडो मौषममा समेत खेल्न मिल्ने गरी हिटिङ सिस्टम जडान हुने उनले जानकारी दिए ।
‘प्रिमियर इन्टरनेशनल स्कुलका विद्यार्थीहरु पहिले पनि अन्तर्राष्ट्रिय खेलकुदहरुमा सहभागी भइरहेका छन्,’ उनले भने, ‘अब उहाँहरुको आफ्नै स्विमिङ पुल भइसकेपछि इन्टरनेशनल च्याम्पियन तथा नेशनल च्याम्पियन निकाल्न अझ सजिलो हुनेछ ।’
सन् २००१ मा सुरु भएको प्रिमियर इन्टरनेशनल स्कुल नेपालमै उत्कृष्ट शैक्षिक संस्थामध्येमा पर्न सफल छ । प्रारम्भिक शिक्षादेखि उच्च शिक्षासम्मका कक्षा सञ्चालन गरिरहेको स्कुलका भौतिक संरचनाहरु अत्याधुनिक तथा सुविधासम्पन्न छन् ।
Comments are closed.