प्रिमियर कलेजमा २४ जनालाई रोजगारीको अवसर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको प्रिमियर कलेजमा एकैपटक २४ जनालाई रोजगारीको अवसर खुलेको छ । कलेजले फ्याकल्टिज र एडमिनतर्फ गरेर २४ जनाको भ्याकेन्सी आह्वान गरेको हो ।

फ्याल्टिजतर्फ एकाउन्टेन्सी, नेपाली, म्याथम्याटिक्स, फिजिक्स, इकोनोमिक्स, सोसल स्टटिज/सोसिओलोजी, बि.स्टडिज, होटल म्यानेजमेन्ट र फाइनान्समा २/२ जनालाई रोजगारीको अवसर खुलेको छ भने एडमिनतर्फ एकेडेमिक कोअर्डिनेटर २ जना, रिसेप्सनिष्ट १ जना, आइटी स्टाफ २ जना र लाइब्रेरियन १ जनाले रोजगारी पाउनेछन् ।

फस्ट डिभिजनमा मास्टर डिग्री गरेका तथा कम्तीमा २ वर्ष अध्यापन अनुभव भएका वा पिएचडी गरेका इच्छुक व्यक्तिले रोजगारीका लागि आवेदन दिनसक्नेछन् । इक्छुक व्यक्तिहरुले १० सेप्टेम्बर भित्र कलेजको इमेल Vacancy.premier2021@gmail.com बायोडाटा पठाउन सक्ने प्रिन्सिपल मिन कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.