काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सञ्चार जगत्, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति निरन्तर प्रेरणा, प्रोत्साहन र मार्गदर्शनका लागि हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ ।
बैंकले आगामी दिनमा आफ्ना ग्राहकलाई अझ प्रतिस्पर्धी, गुणस्तरीय तथा नवीनतम बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यस बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौँमा छ ।




Comments are closed.