पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसरमा आफ्ना सदस्यलाई माउ बाख्रा वितरण गरेको छ ।
सहकारीको ११औं वार्षिकोत्सवको अवसरमा सहकारीमा न्युन आयस्तर भएका सदस्यलाई माउ बाख्रा वितरण गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणी पौडेलले जानकारी दिए । वार्षिकोत्सवमा फजुल खर्च नगरी न्युन आयस्तर भएका सदस्यको आयस्तर उकास्न सहयोग पुगोस् भनेर माउ बाख्रा वितरण गरिएको उनले बताए । अन्नपुर्ण गाँउपालिकामा रहेको सावेद गाँउका किसानलाई बाख्रा वितरण गरिएको हो ।
सहकारीले विगतदेखी नै माउ बाख्रा वितरण गर्दै आइरहेको छ । सहकारीले कास्कीको लेखनाथस्थित अर्चलेमा विगत ३ बर्षदेखी बाख्रा पालन गर्दै आईरहेको छ । समाजिक उत्तरदायित्व वहन गर्दै सहकारीले समय समयमा विभिन्न कार्यक्रम गर्दैआईरहेको छ ।
Comments are closed.