प्राइम सहकारीको अध्यक्षमा शंकर कार्की

पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको साधारणसभाले शंंकर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा दिपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जिव तिमल्सेना चयन भएका छन् । त्यसैगरि सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दिप अर्याल, रोसन मर्हजन, रामजी ध्वजु चयन भएका छन् । सहकारीको लेखासमिति संयोजकमा अनिरुद्र पौडेल र सदस्यमा गंगाराम शर्मा र धनकुमारी गुरुङ रहेका छन् ।
साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ ।
१ हजार ६ सय सदस्य रहेको सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर हो भने सेवा केन्द्र २ वटा छन् । सहकारीले कृषी क्षेत्रमा पनि काम गरिरहेको छ ।

 

 

You might also like

Comments are closed.