प्राइम सहकारी र स्मार्ट सर्भिस इनबीच सहकार्य

काठमाडौं । प्राइम सहकारी संस्था लिमिटेड र स्मार्ट सर्भिस इन प्रा.लि.बीच विशेष सम्झौता भएको छ । दुई संस्थाबीचको सम्झौताअनुसार अब प्राइमका सदस्यहरुले सहजै कर भुक्तानीसहितको ब्लूबुक नवीकरण सेवा पाउने भएका छन् ।

यस सम्झौतासँगै सहकारीका सदस्यहरुले सवारी कर बिना झन्झट सजिलै बुझाउन सक्ने भएका छन् भने यसले समय र खर्चको पनि बचत हुने भएको छ ।

साथै, यस सम्झौताले समयमा कर भुक्तानी गरी जरिवानाबाट बच्न, कर रकमको बारेमा संस्थामा गएर तत्काल जानकारी पाउन सकिने, रकम भुक्तानी गरेको जानकारी एसएमएस अलर्टमार्फत् पाउन सकिने छ भने, ब्लू बुकको सुरक्षा तथा जिम्मेवारी सम्बन्धित संस्थाले नै वहन गर्नुपर्ने छ ।

You might also like

Comments are closed.