काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले एक वर्ष पूरा गर्न लागेको अवसरमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेको दाबी गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको एक वर्षे कार्यकालमा राष्ट्रिय विकास आयोजना तीव्र गतिमा अगाडि बढेको र आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका हुन् ।
“हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यसबीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,” प्रधानमन्त्री ओलीले लेखेका छन्, “टाइमलाइन तोकेर काम गर्ने र त्यसको नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरूआत भएको छ ।”
प्रधानमन्त्री ओलीले नागरिक सेवा प्रवाहमा सरलता ल्याउन आवश्यक महत्त्वपूर्ण कानुनहरू संशोधन गरिएको पनि जनाए । उनले कानुन संशोधनपछि क्रमैसँग लाइन बस्ने होइन, अनलाइनबाट काम गर्ने प्रणालीको अभ्यास बढ्दै गएको उल्लेख गरे ।
“गर्नुपर्ने धेरै कामहरू छन् र सरकारको ध्यान त्यसैमा केन्द्रित छ,” प्रधानमन्त्री ओलीले लेखेका छन् ।
Comments are closed.