गण्डकीका मुख्यमन्त्री गुरुङले गुमाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् । बिहीबार उनले प्रदेशसभा समक्ष विश्वासको मत मागेका थिए ।

विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनको पद खोसिएको छ । प्रदेशमा रहेका ४ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले ह्विप नै जारी गरी मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३१ मत आवश्यक पर्दथ्यो । उनको पक्षमा नेकपा एमालेका जम्मा २७ मत मात्रै प्राप्त भएको छ । विपक्षमा ३० मत खसेको छ ।

प्रदेश सभामा उपस्थित एक जना सांसदले मतदान नगरी तटस्थ बसेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...