पृथ्वी यातायात सहकारी संस्थाबाट वित्तीय सेवाको तयारी

पोखरा । पृथ्वी यातायात सहकारी संस्था लि.ले वित्तीय सेवा प्रदान गर्ने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. अन्तर्गतका यातायात व्यवसायीहरुको आबद्धतामा सहकारी सञ्चालनमा आउन लागेको प्रा.लि.का अध्यक्ष तथा सहकारीका तदर्थ समिति अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं. ५, ८ र १७ कार्यक्षेत्र रहने गरी पोखरा महानगरपालिकामा सहकारी दर्ता भइसकेको छ ।

‘लामो समयको अथक प्रयास पश्चात हाम्रो कम्पनीमा आबद्ध व्यवसायीहरुलाई वित्तीय रुपमा सहजीकरण हुने र लगानीको समेत सुनिश्चितता प्रदान गर्ने, व्यवसायीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी दर्ता गरी सञ्चालन प्रक्रिया अगाडि बढेको छ,’ केसीले भने ।

संस्था दर्ता भइसकेको र माघको दोस्रो साताभित्र संस्थाले वित्तीय कारोबार सुरु गर्ने अध्यक्ष केसीले आर्थिक आवाजलाई जानकारी दिए ।

You might also like

Comments are closed.