पोखरा । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.को नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम भएको हो ।
अध्यक्षमा निर्वाचित योगेन्द्रबहादुर केसीले बुधबार नै पदभार ग्रहण गरेका छन् । केसी दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित सञ्चालकहरु जयप्रसाद शर्मा, बाबुराम दवाडी, अशोक कुमार चौधरी, जसबहादुर गुरुङ, काशीशर्मा न्यौपाने रामु, मेखराज त्रिपाठ, ज्ञानबहादुर केसी, भरतकुमार मल्ल, कृष्णबहादुर बल्छौडी र रमेश कुमार श्रेष्ठले पनि सपथ ग्रहणसहित पदभार सम्हालेका छन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचत अध्यक्ष केसीले सम्पूर्ण व्यवसायीप्रति आभार व्यक्त गरे । प्रालिको गरिमा बढाउँदै व्यावसायिक हकहितमा काम गर्ने उनको प्रतिबद्धता छ ।
Comments are closed.