विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको बस र्याली (फोटो फिचर)

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले आज काठमाडौं उपत्यकामा विद्यालय बससहित र्‍याली गरेका छन् । समितिबाट संसदमा पेस गरिएको विधेयकमा रहेका केही प्रावधान निजी विद्यालयहरूको हित विपरीत भएको भन्दै उनीहरूले विरोध स्वरूप बस र्‍याली आयोजना गरेका हुन् ।

कार्यक्रमअन्तर्गत भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वर क्षेत्रका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरेका छन् ।

त्यसैगरी, ललितपुरका विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ प्रदक्षिणा गर्ने व्यवस्था गरिएको थियो।

यस्तै, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने गरी र्‍यालीका लागि छुट्टाछुट्टै रुट निर्धारण गरिएको आयोजकहरूले जनाएका छन् ।

You might also like

Comments are closed.