काठमाडौं । बन्द हड्ताल लगायतका गतिविधि रोकी स्थिरता कायम गर्न निजी क्षेत्रले अपिल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सयुक्त विज्ञप्ती निकाली बन्द, हड्ताल, चक्काजाम लगायतका गतिविधी रोकी स्थिरता कायम गर्न अपिल गरेका छन् ।
बन्द, हड्ताल तथा चक्काजाम लगायतका गतिविधीले पेशा तथा व्यवसायमा अवरोध आई आय आर्जनमा प्रभाव पार्ने र व्यवसायीलाई पीडा दिने उनिहरुको भनाई छ ।
बुधबार अपिल प्रकाशित गरि यस्ता गतिविधी रोक्न व्यवसायीले आग्रह गरेका छन् । कोरोना महामारी पछि विस्तारै लयमा फर्किएको अर्थतन्त्रलाई वर्तमान राजनितिक घटनाक्रमले नकारात्मक असर पार्ने निस्चित भएको उनिहरुले अपिलमा उल्लेख गरेका छन् ।








Comments are closed.