काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडमा डिम्याट खाता खोल्न सकिने भएको छ । फाइनान्सले सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ ।
सोमबार भएको सम्झौतामा फाइनान्स का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई र सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।
१७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टर मार्फत फाइनान्सले बैकिङ सेवा प्रदान गरिरहेको छ ।
Comments are closed.