प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले संस्थाको हालको गतिविधि र उपलब्धिहरूमाथि प्रकाश पारे। उनले चालू आर्थिक वर्षमा गरिएका कार्यहरू र आगामी वर्षका लागि तय गरिएका रणनीतिक योजनाहरूबारे शेयरधनीहरूलाई जानकारी दिए ।
सभामा शेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष महर्जनले भने, ूहाल वित्तीय क्षेत्रमा विद्यमान चुनौतीपूर्ण परिस्थितिका कारण व्यवसाय वृद्धिमा केही कठिनाइ भए तापनि संस्थाले अनुपालना, व्यावसायिक गुणस्तर, वित्तीय सुशासन र जोखिम व्यवस्थापनमा उल्लेख्य प्रगति हासिल गरेको छ । उनले शेयरधनीहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई आगामी दिनमा प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
वित्तीय प्रतिवेदन पारित सभाले आर्थिक वर्ष २०८१र८२ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन लगायतका सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मतिले स्वीकृत गरेको छ । आगामी आर्थिक वर्ष २०८२र ८३ का लागि डीजी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्ुलाई बाह्य लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रोग्रेशिभ फाइनान्सले हाल देशभर रहेका आफ्ना २३ वटा शाखा कार्यालय र ४ वटा एक्सटेन्सन काउन्टरमार्फत नवीनतम प्रविधिको प्रयोग गरी आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
You might also like

Comments are closed.