काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहिलो क्याबिनेट मिटिङमा प्रोटोन गाडी प्रदर्शनी गरिएको छ । प्रज्ञा भवन कमलादीमा शनिबार आयोजित कार्यक्रममा प्रोटेन गाडी प्रदर्शनमा राखिएको हो ।
प्रोटोनका गाडीहरु सागा, एक्स ५० र एक्स ७० नेपाली बजारमा उपलब्ध छन् । तीन वटै गाडी सो अवसरमा प्रदर्शनमा राखिएको मार्केटिङ म्यानेजर हरि न्यौपानेले जानकारी दिए ।
प्रोटोन मलेसियाको प्रशिद्ध ब्राण्ड हो । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।
प्रोटोन सागाको मूल्य ४२ लाख ९९ रुपैयाँ पर्छ । एक्स ५० गाडी ७१ लाख ९९ हजार, ७९ लाख ९९ हजार र ८४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् । एक्स ७० गाडीको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ, ९६ लाख ९९ हजार रुपैयाँ र १ करोड ४ लाख ९९ हजार रुपैयाँ पर्छ ।
यसैबीच, लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहिलो क्यानिबेट मिटिङ तथा क्याबिनेट अफिसर पदस्थापन कार्यक्रम शनिबार प्रज्ञा भवनमा सम्पन्न भएको छ ।
Comments are closed.