नेपालमा प्रोटोनले सार्वजनिक ग¥यो इलेक्ट्रिक गाडी e.MAS7

काठमाडौं । प्रोटोनले अत्यधिक प्रतीक्षित विद्युतीय सवारी साधन, प्रोटोन e.MAS7 लाई काठमाडौंमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने, जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्ने बताइएको छ ।

कार्यक्रममा प्रतिष्ठित व्यक्ति, अटोमोटिभ क्षेत्रका विज्ञ, संचारकर्मी र कारप्रेमीको उपस्थिति थियो । नेपाल स्थायी भविष्यतर्फ अघि बढिरहेकाले, प्रोटोन e.MAS7 दुई भेरियन्ट – प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ, जसको मूल्य ल्एच् ५६ लाख ९९ हजारदेखि सुरु हुन्छ । यो सवारी साधन ६ वटा आकर्षक रङ्गमा उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्छ ।

प्रोटोन e.MAS7 दुई ट्रिम लेभलहरू – प्राइम र प्रिमियम – मा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ; प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट ।

उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “हामी नेपालमा प्रोटोन e.MAS7 सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।”

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध छ । नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्नेछ ।

मुख्य विशेषताहरू र प्रविधिहरू :
प्रोटोनको पहिलो विद्युतीय सवारी साधन –EV
ग्लोबल मोड्युलर आर्किटेक्चर GMA प्लेटफर्ममा निर्माण ।
१२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम ।
नवीनतम सेल–टु–बडी CTB ब्याट्री संरचना ।

नयाँ पुस्ताको Aegis शर्ट–ब्लेड ब्याट्री (लिथियम आयरन फस्फेट) ।

प्रोटोन e.MAS7 मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई PRO–NET द्वारा वितरण गरिन्छ । विद्युतीय सवारीको अपनत्वमा मुख्य भूमिका खेल्दै र ब्रान्डको इकोसिस्टम निर्माण गर्दै, प्रोटोन e.MAS7 ठ नवप्रवर्तन र उत्कृष्टताको प्रतिवद्धतासहित दिगो यातायाततर्फ नेतृत्व गरिरहेको छ । हाम्रो विस्तारित डिलर नेटवर्क, व्यापक बिक्री पछिको सेवा र इकोसिस्टमले प्रत्येक ग्राहकलाई सहज र सन्तोषजनक अनुभव प्रदान गर्नेछ । हाम्रो अभिभारा, हाम्रो मूल कम्पनी PROTON को अभिभारासँग मेल खान्छ – नवप्रवर्तनकारी प्रविधि, विश्वसनीयता र अन्तर्राष्ट्रिय मापदण्डहरू आपूर्ति गरेर सम्बन्धहरू प्रेरित गर्नु । प्रोटोन e.MAS7 पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको थियो ।

 

You might also like

Comments are closed.