पोखरा । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक च्यानल पार्टनर स्क्वायर अटोवर्ल्ड प्रालिसँगको सहकार्यमा पोखरास्थित आधिकारिक शोरुमबाट नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीको रूपमा भित्रिएको प्रोटोन इ.मास ५ आधुनिक सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
सार्वजनिककरण कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यवसायिक साझेदारहरू, सञ्चारकर्मी, अटो पत्रकार, कन्टेन्ट क्रिएटर तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालको प्रमुख पर्यटकीय नगरीका रूपमा परिचित पोखरामा आयोजित यस कार्यक्रमले विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण तथा दिगो यातायातप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीको विश्वास छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर श्री सुशील क्षेत्रीले भने, “प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज नेपालको प्रमुख पर्यटकीय केन्द्र पोखरामा प्रोटोन इ।मास ५ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता तथा प्रतिस्पर्धी मूल्यको संयोजनले इ।मास ५ यस क्षेत्रका ग्राहकहरूको पहिलो रोजाइ बन्नेमा हामी विश्वस्त छौं। विश्वस्तरीय विद्युतीय सवारी नेपालमा बजारमा उपलब्ध गराउँदै नेपालको दिगो यातायात यात्रामा योगदान गर्नु हाम्रो लागि गर्वको विषय हो।”
उनले इ.मास ५ को आगमनसँगै पोखरा तथा गण्डकी प्रदेशका ग्राहकहरूले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र सहज प्रयोगको अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरे। साथै, प्रोटोन इ.मास ७ ले नेपाली बजारमा पाएको सकारात्मक प्रतिक्रिया पश्चात् इ।मास ५ प्रति देखिएको उत्साह, बुकिङ तथा बिक्रीमा देखिएको प्रतिबद्धताका लागि स्क्वायर अटोवर्ल्ड प्रा।लि। का सञ्चालक तथा सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गरे।
मलेसियाको अग्रणी राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि Geely सँगको रणनीतिक साझेदारीमार्फत आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाउँदै आएको छ। हाल प्रोटोन इ।मास मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भएको छ भने नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति निरन्तर विस्तार गरिरहेको छ।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। पोखरा क्षेत्रीय सार्वजनिकरणको विशेष अवसरमा जगदम्बा मोटर्स र स्क्वायर अटोवर्ल्ड प्रा।लि।ले संयुक्त रूपमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३४ लाख ९९ हजार घोषणा गरेका छन्। कम्पनीका अनुसार यी विशेष मूल्यहरू पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुनेछन्।
इच्छुक ग्राहकहरूले पोखरास्थित प्रोटोन शोरुममा पुगेर नयाँ प्रोटोन इ।मास ५ को प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ गर्न तथा यसको अत्याधुनिक प्रविधिको अनुभव लिन सक्नेछन्।



Comments are closed.