‘नेपाली अटोमोबाइल क्षेत्रमा प्रोटोनको उपस्थिति निकै प्रभावकारी बन्नेछ’ (भिडियोसहित)

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन ब्राण्ड ‘प्रोटोन’लाई भित्र्याएको छ । अटोमोबाइल क्षेत्रमा दुई पाङग्रे साधन बिक्री गर्दै आइरहेको जगदम्बा मोटर्सले मलेसियाको उत्कृष्ट ब्राण्डलाई नेपाली बजारमा ल्याउन सफल भएको छ । पहिलो चरणमा सेडान कार ‘सागा’लाई नेपाल भित्र्याएको जगदम्बा मोटर्सले केही महिनापछि प्रोटोनको एसयुभी गाडी पनि ल्याउने तयारी गरिरहेको छ । यसैक्रममा प्रोटोन गाडीका सन्दर्भमा केन्द्रित रहेर जगदम्बा मोटर्सका एसिस्टेन्ट जनरल म्यानेजर विवेक बहादुर बलामीसँग आर्थिक आवाजले गरेको कुराकानी :

 

मलेसियन ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदा कस्तो महसुस गर्नुभएको छ ?

jutta mela

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा चारपाङग्रे सवारी प्रोटोन भित्र्याउन पाउँदा हामी निकै खुसी छौं । मलेसियामा निकै लोकप्रिय रहेको प्रोटोन नेपाली बजारमा पनि धेरैको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं । पहिलो चरणमा प्रोटोनको सेडान कार ‘सागा’ हामीले बिक्री गर्दैछौं । नेपालको मार्केट र डिमाण्ड हेरेर सागा भित्र्याएका हौं । सागा मलेसियामा निकै माग भएको र धेरैको रोजाईमा परेको सेडान गाडी हो । नेपालमा पनि सागाले छोटो समयमा धेरैको मन र विश्वास अवश्य पनि जित्नेछ । ५ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रोटोन गाडीका ग्राहकले पाउनुहुनेछ । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको प्रोटोनले नेपाली बजारमा पनि प्रभावकारी उपस्थिति जनाउनेछ ।

नेपाली अटोमोबाइल बजारमा सागाको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?

नेपालमा सेडानको मार्केट लोकप्रिय छ । सेडान चढ्ने ग्राहकलाई सेडान नै मनपर्छ । नेपालको मार्केटलाई हेरेर नै हामीले सेडान सागालाई पहिलो चरणमा ल्याएका हौं । सेडान मन पराउने ग्राहकलाई प्रोटोन सागाले धेरै बेनिफिट प्रदान गर्नेछ । स्ट्याण्डर्ड म्यानुअल ट्रान्समिसन र प्रिमियम अटोमेटिक गरी २ मोडलमा सागा ल्याएका छौं । यो कार १३ सय सिसी पेट्रोल इन्जिनमा नेपाली बजारमा उपलब्ध छ । म्यानुअल ट्रान्समिसनको मूल्य ३५ लाख ५० हजार रुपैयाँ र प्रिमियम अटोमेटिकको मूल्य ३९ लाख ५० हजार रुपैयाँ पर्छ । सेफ्टी रेटिङमा फोर स्टार पाएको सागालाई नेपाली अटोमोबाइल पारखीहरुले धेरै रुचाउनुहुनेछ ।

नक्सालमा रहेको शोरुममा प्रोटोनको सागा डिस्प्लेमा राखिरहँदा ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

धेरै राम्रो तथा सकारात्मक प्रतिक्रिया पाएका छौं । प्राप्त प्रतिक्रियाबाट हामी उत्साही पनि छौं । टेष्ट ड्राइभमा आइरहनुभएको छ । इन्क्वायरी १ हजार १ सय जनाको आइसकेको छ । त्यसमध्ये १ सय ५० जना ग्राहक सागा चढ्न इच्छुक पनि हुनुहुन्छ । गाडी बुकिङ पनि भइरहेको छ । अब हामीले टेष्ट ड्राइभलाई अझ बढाउनेछौं । गाडी लन्चिङ पछि टेष्टड्राइभ र बुकिङ गर्ने क्रम अझै बढ्नेछ । राम्रो क्वालिटीको गाडी भएकाले डिमान्ड राम्रो छ ।

बिक्री पछिको सेवा कस्तो रहन्छ ?

इन्टरनेशनल स्ट्याण्डर्ड अनुसारको सर्भिस सेन्टर बनाइसकेका छौं । टुल्स र इक्युपमेन्ट पनि इन्टरनेशनल स्टाण्डर्ड अनुुसार मगाइसकेका छौं । सर्भिसका लागि कुनै समस्या हुँदैन । सर्भिसमा आउने खर्चलाई पनि सकेसम्म कम हुनेछ । बिक्री पछिको सेवालाई बिशेष प्राथमिकतामा राखेका छौं ।

केही महिनापछि आउने प्रोटोनको एसयुभी गाडी कस्तो हुन्छ ?

हामीले पहिलो चरणमा सेडान सागा ल्याइसकेका छौं । दोस्रो चरणमा केही महिनामा नै एसयुभी एक्स ७० र ५० पनि ल्याउनेछौं । ३ महिनाभित्रै एक्स ७० नेपाल आउनेछ । यो मलेसियाकै धेरै बिक्री हुने एसयुभी पनि हो । गाडीमा रहेका फिचर्सहरुकै कारण पनि नेपाली मार्केटमा एसयुभीको उपस्थिति निकै प्रभावकारी हुनेछ । एक्स ५० मा एड्भान्स टेक्नोलोजी छ । एक्स ५० ल्याउन पनि केही होमवर्क गर्दैछौं ।

काठमाडौं बाहिर डिलर बिस्तारको तयारी कस्तो छ ?

यसको लागि हामीले प्रमोसन गरिसकेका छौं । देशका मुख्य शहरहरुमा १२ वटा डिलर २०२१ को अन्त्यसम्म खुलिसकेका हुनेछन् । विस्तारै अन्य ठाउँहरुमा पनि डिलर विस्तार हुन्छ । पहिलो चरणमा हामीले मुख्य शहरलाई फोकस गर्नेछौं । प्रोटोनका ग्राहक देशभर जहाँ गएपनि उहाँहरुलाई सर्भिसमा कुनै कमी हुन नदिने गरी सेवा विस्तार गर्नेछौं ।

पहिलो वर्ष कति वटा गाडी बिक्री गर्ने लक्ष्य लिनुभएको छ ?

हामी संख्यामा भन्दा पनि क्वालिटीमा खेल्ने प्रयास गरिरहेका छौं । क्वालिटी सर्भिस दिएर प्रोटोन ब्राण्डलाई स्थापित गरेपछि गाडी बिक्रीको संख्या आफै बढ्नेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

प्रोटोनको शोरुम नक्सालमा आएर गाडीका बारेमा बुझिदिनुहुन म सबैमा आग्रह गर्दछु । टेष्ट ड्राइभ गर्नुहोस् र हाम्रो सर्भिसको बारेमा बुझ्नुहोस् भन्न चाहन्छु ।

You might also like

Comments are closed.