चाडपर्वलाई लक्षितगरि प्रोटोनले ल्यायो आकर्षक अफर ‘ दशैँ- दक्षिणा’

काठमाडौं । चाडपर्वको मौसम नजिकिए संगै सोही उपलक्ष्यमा प्रोटोनले भारि दक्षिणा सहितको ‘दशैँ-दक्षिणा’ योजना ल्याएको छ । निकै नै उत्कृष्ट तथा खेर जान दिनै नसकिने अफरहरु सहितको यस योजना यहि भदौ १७ गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहनेछ ।

यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको Saga र X70 गाडीको खरिदमा १/२ लाखसम्म मात्र नभएर ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने बताइएको छ । जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडी संग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन्। यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि रू २ लाख ५० हजार रुपैयाँ सम्म छुटको व्यवस्था गरेको छ।

यस प्रोटोन ‘दशैँ-दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन-हाउस फ़ाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ। यि सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले बिभिन्न पाटपुर्जा तथा चाहिने उपकरण हरु समेत सित्तैमा प्राप्त गर्ने छन् ।

चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन Saga को सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने प्रोटोन X 70 को सुरुवाती मुल्य ८६ लाख,९९ हजार तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो। त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता छन् ।

You might also like

Comments are closed.