lcci festival

पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पोखराको सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट, न्यूरोडमा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३, २४, २०२५)  गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ ।

सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य रु.४६ लाख ९९ हजारबाट सुरु हुनेछ ।

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो EV को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ।

 

 

 

 

 

You might also like

Comments are closed.