प्रोटोनले ल्यायो ‘ड्रिम अ ड्रीम’ अभियान: उद्यमीहरूलाई सशक्त बनाउँदै

काठमाडौं ।  नेपालमा विद्युतीय सवारी साधनमार्फत परिचित विश्वप्रसिद्ध अटो ब्रान्ड प्रोटोनले नयाँ अभियान ‘ड्रिम अ ड्रीम’ सार्वजनिक गरेको छ। अभियानको उद्देश्य नेपाली उद्यमी, नवप्रवर्तक र सपना देख्नेहरूलाई आर्थिक सहयोग र मार्गदर्शन प्रदान गर्नु हो, जसबाट उनीहरूले देशको दिगो र नवप्रवर्तनशील भविष्य निर्माणमा योगदान दिन सकून् ।

प्रोटोनको यस अभियानअन्तर्गत, तीन उत्कृष्ट आइडियाहरू छनोट गरिनेछन्, जसका प्रतिनिधिहरूलाई जनही ५ लाख रुपैयाँसम्मको अनुदान प्रदान गरिनेछ। साथमा, उनीहरूलाई आगामी शार्क ट्यांक नेपालको सिजनका लागि व्यावसायिक मार्गदर्शन र ‘ग्रोमिङ सपोर्ट’ समेत दिइनेछ ।

यस अभियानमा नेपालभरिका नागरिकहरू सहभागी हुन सक्नेछन्। सहभागी बन्न, इच्छुक व्यक्तिले प्रोटोनका आधिकारिक सञ्चार सामग्रीमा समावेश QR कोड स्क्यान गरी आवेदन फाराम भर्नुपर्नेछ । आवेदन दिने अन्तिम मिति २०२५ अक्टोबर ३१ तोकिएको छ । विजेताहरूको घोषणा नोभेम्बर २०२५ मा प्रोटोनका सोसल मिडिया च्यानलमार्फत गरिनेछ ।

प्रोटोन नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “नवप्रवर्तन कारखानाबाट मात्र होइन, मानिसको मन र मुटुबाट सुरु हुन्छ। ‘ड्रिम अ ड्रीम’मार्फत हामी त्यस्ता साना–ठूला सपनामा लगानी गर्न चाहन्छौं, जसले नेपालको उज्यालो भविष्य निर्माण गर्न सक्छ ।”

उक्त अभियानले स्थानीय उद्यमशीलता, वातावरणमैत्री प्रविधि र सामुदायिक विकासप्रति प्रोटोनको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ। यो केवल एक उद्यमशील कार्यक्रम होइन, नेपाली युवाहरूको क्षमता उजागर गर्ने एक सशक्त प्लेटफर्म हो ।

कसरी सहभागी हुने?

प्रोटोनका QR कोड स्क्यान गरी फाराम भर्नुपर्ने छ ।

आफ्नो व्यावसायिक आइडिया २०२५ अक्टोबर ३१ भित्र पठाईसक्नुपर्छ ।।

नोभेम्बर २०२५ मा घोषणा हुने शीर्ष ३ विजेताहरू प्रोटोनको सोसल मिडिया च्यानलहरूमा प्रकाशन गरिनेछ ।

प्रोटोन, शंकर ग्रुपसँगको साझेदारीमा, नेपालमा क्लीन मोबिलिटी प्रवर्द्धन गर्ने अग्रणी ब्रान्ड हो । Proton e.MAS 7 जस्ता इभी मोडलमार्फत नेपाली सडकमा हरित प्रविधिको विकासमा योगदान दिँदै आएको प्रोटोनले अब सपना र नवप्रवर्तनलाई समेत ऊर्जा दिने अभियानमा आफूलाई समर्पित गरेको छ ।

You might also like

Comments are closed.