प्रोटोन मलेसिया र जगदम्बा मोटर्सद्वारा प्रोटोन इमास ७ नेपालमा सार्वजनिक

काठमाडौ ।  प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारी भविष्यप्रति संयुक्त प्रतिबद्धता जनाउँदै, मलेसियामा नै विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को सुरुवात गरेका छन् ।

नोभेम्बर २०१८ मा सुरु भएको साझेदारीले प्रोटोनलाई विश्व बजारमा विस्तार गर्न मद्दत गरेको छ भने नेपाललाई एक रणनीतिक विकास बजारका रूपमा स्थापित गराएको छ । जगदम्बा मोटर्स प्रोटोनको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो ।

गीलीसँगको सहकार्यमा विकसित प्रोटोन इमास ७ ले विश्वस्तरीय ईभी प्रविधि र डिजाइनलाई क्षेत्रीय आवश्यकतासँग मिलाएको छ । सियान क्षेत्रमा ईभी रूपान्तरणको नेतृत्व गर्ने लक्ष्यसहित, प्रोटोन इमास ७ नेपालमा पनि आधिकारिक रूपमा सार्वजनिक भएको हो ।

 कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डा. ली चुनरोङ र प्रोटोन इन्टरनेशनल कर्पोरेशन एसडीएन बिएचडीका सीईओ एडमन्ड लिम मेङ थोङ उपस्थित थिए ।  “जगदम्बा मोटर्ससँगको हाम्रो सहकार्य प्रोटोन–गीलीको बलियो सहकार्यको प्रमाण हो। हामीले मलेसियामा निर्मित पहिलो इलेक्ट्रिक गाडी नेपालमा भित्र्याएर नयाँ यात्रा सुरु गरेका छौं । नेपाली ग्राहकलाई गुणस्तरीय बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने हाम्रो दिगो योजना छ।” ली चुनरोङ भने ।

यसै क्रममा, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “यो सहकार्य केवल वितरण मात्र होइन, नेपाललाई दिगो यातायातको भविष्यतर्फ अघि बढाउने साझा दृष्टिकोण हो । प्रोटोन इमास ७ र हाम्रो विस्तार हुँदै गरेको सेवा सञ्जालमार्फत हामी ईभीलाई अझ पहुँचयोग्य र भरपर्दो बनाउन प्रतिबद्ध छौं ।”

जगदम्बा मोटर्सले २०२५ को अन्त्यसम्म १२ शोरूम र सर्भिस सेन्टर सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ, जस मध्ये ३ पहिले नै सञ्चालनमा छन्। कम्पनीले असली प्रोटोन पार्ट्स, प्रमाणित प्राविधिक, उन्नत डायग्नोस्टिक उपकरण र प्रभावकारी बिक्रीपछिको सेवा मार्फत ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

प्रोटोन इमास ७ ले मलेसियामा पहिले नै जुलाई २०२५ सम्म नम्बर १ ईभी मोडेल, सी सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने ईभी एसयूभी, समग्र मलेसियाली बजारमा सबैभन्दा बढी बिक्री हुने ईभीमा सफलता हासिल गरेको छ ।

You might also like

Comments are closed.